सामसुङ ग्यालेक्सी एस ६ तथा एस ६ एज नेपाली बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ बैशाख २०७२, शुक्रबार ११:५१

x6काठमाडौं,४ बैशाख । सामसुङको ग्यालेक्सी सिरिजको नयाँ स्मार्ट फोन सामसुङ ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज नेपाली बजारमा आएको छ । सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी एस ६ र एस ६ एज सार्वजनिक गरेको हो । धेरैले प्रतिक्षा गरेको सामसुङको नयाँ स्मार्ट फोन अन्तर्राष्ट्रिय बजारमा भने अप्रिल १० मा नै आएको थियो । नेपाली बजारमा ग्यालेक्सी एस ६ को मूल्य ७७ हजार ९ सय तथा ग्यालेक्सी एस ६ एजको मूल्य ९४ हजार ९ सय रुपैयाँ पर्ने सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१