गुगललाई आरोप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ बैशाख २०७२, बिहीबार १२:३६

युरोपेली संघ ईयूले, गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको आरोप  लगाएको छ । ब्रसेल्स्मा इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेटा भेस्टागेरले गुगल कम्पनीले आफ्नो  सूचना खोज्ने ठाउँमा निश्चित वस्तु तथा सेवालाई प्राथमिकता दिएको आरोप लगाउनुभएको हो । उहाँले यस्ता कम्पनीले सेवाग्राहीलाई प्रभावित गर्ने कोसिस गरिरहेको बताएको बिबिसीले जनाएको छ । googleगुगल कम्पनीले यो आरोपको खण्डन गरेको छ र उसले आफ्नो कुरा राख्ने बताएको छ । गुगललाई यसको जवाफ दिन दश हप्ताको समय दिइएको खबरमा उल्लेख छ । आरोप पुष्टि भए कम्पनीले करौडौ डलर हर्जानाको रुपमा तिर्नुपर्ने हुन्छ । गुगललाई त्यसरी औपचारिक अभियोग अघि बढाउने क्रममा इयुले आफूले युरोपका पचास करोड जनताको हितको रक्षा गर्न त्यस्तो कदम चालेको बताएको छ । गुगलको सर्च इन्जीनले यूरोपबाट इन्टरनेटमा गरिने सबै सूचना, जानकारी लगायतका सेवाहरुको खोजी मध्ये नब्बे प्रतिशत ओगट्ने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१