आइफोनमा खतरनाक भाइरसको आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ बैशाख २०७२, बुधबार १४:४७

चर्चित तथा महँगो ब्रान्ड एप्पलको मोबाइल( आइफोन) आइप्याड, तथा कम्प्युटरहरु एक भयानक भाइरसको आक्रमणको जोखिममा परेका छन् |अनुसन्धानकर्ताहरुले यो भाइरसको आक्रमण हालसम्मकै अति भयानक र ठुलो भएको बताएका छन् | वायरलर्कर नामक उक्त मालवेयर(भाइरस) ले एप्पलको अपरेटिङ सिस्टम आइओएस भएको म्याक कम्प्युटर तथा फोन र ट्याबलेट सबैलाई युएसबी केवलले जोडिएको बेला निसाना बनाउँछ र मोबाइल तथा आइप्याडमा गइ भिभिन्न भाइरस जन्य एपहरु इन्स्टल गर्न सुरु गर्दछ | अनुसन्धानकर्ताहरुले एप्पलको अपरेटिङ सिस्टम आइओएसमा आक्रमण गर्ने यो दोस्रो भाइरस बताएका छन जसले एप्पल डिभाइसमा आफै भाइरसजन्य आइओएस एप्लिकेसन तयार गर्ने गर्दछ |

WireLurker_Wide हाल चीनमा यो एपले निक्कै नै तहल्का मच्चाएको छ | चीनको एक एप स्टोर मेयादीबाट सुरु भएको र हालसम्म यो एप्ले चीनमा मात्रै एप्पलका प्रयोगकर्ताहरुलाई प्रभावित पारेको बताइएको छ | यो भाइरसले प्रयोगकर्ताको डिभाइसमा रहेको सुचना( डाटा)हरु चोर्ने भए पनि के उदेश्यको लागि यस भाइरस निर्माण गरिएको हो भन्ने कुरा अझै प्रस्ट हुन सकेको छैन | उता एप्पलले भने यस्तो एपलाइ एप स्टोर बाट डाउनलोड हुनबाट बन्देज लगाएको भन्दै प्रयोगकर्तालाई आधिकारिक एप स्टोरबाट मात्रै एप डाउनलोड गर्न आग्रह गरेको छ | तर एप स्टोरमा अहिले पनि धेरै नै एफहरु संक्रमित भइसकेको र ती एफहरु ४ लाख भन्दा धेरै व्यक्तिले डाउनलोड गरिसकेको खबर छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१