मानिसको मस्तिष्क प्रत्यारोपण गर्दा मुसाको सम्झना शक्ति चार गुना बढ्यो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७२, मंगलवार ०९:५५

के मुसाले पनि मानिसले जस्तै कुरा गर्न, माया गर्न, गाउन र नाच्न सक्लान् ? अहिले नै मुसाले मानिसका जस्तै गतिविधि गर्लान् भनेर ठोकुवा गर्न त सकिन्न, तर मुसाले मानिसले झै माया गर्न, नाच्न र गाउन सक्दैनन् भनेर अविश्वास गर्न पनि नसकिने भएको छ । किनभने, मानिसको दिमागका कोषिका प्रत्यारोपण गरिएका मुसाले आफ्ना साथी र दौतरी मुसाभन्दा चार गुणा छिटो सोच्ने र सम्झने शक्ति पाएका छन् ।  मानिसको दिमागका कोषिका जनावर वा पशुपन्छीमा प्रत्यारोपण गर्दा पशुपन्छीले पनि मानिसले झै सोच्छन् कि त भनेर केही बर्षदेखि अनुसन्धान भैरहेको छ । अमेरिकाको न्युयोर्कस्थित युनिभर्सिटी अफ रोचेस्टर मेडिकल सेन्टरका अनुसन्धानकर्ताले गरेको एक अध्ययन अनुसार, मानिसको मस्तिष्कको कोषिका प्रत्यारोपण गरिएका मुसाले अरु मुसाले भन्दा चार गुणा बढी छिटो सोचेर अनुसन्धानकर्तालाई नै दंग पारि दिए ।

LabMouseसबैभन्दा अचम्म लाग्ने कुरा के भने, एउटा मुसामा प्रत्यारोपण गरिएका ३ लाख मानव कोषिका बढेर करीब एक बर्षमा १ करोड २० लाख भए । मुसामा मानिसका दिमागका कोषिकाको यो फैलावट अत्यन्त ठूलो भन्ने अध्येताहरुको मत छ । कोषिका यसरी फैलिदा मुसाका जन्मजात कोषिकाहरुलाई मानव मष्तिष्कका कोषिकाले पुरै बिस्थापित गरे । मुसाको दिमागको आयतन बढ्यो । मानब कोषिकाले मुसाको दिमागमा सकृय रुपले काम गरेपछि यस्ता मुसाले अरु मुसाभन्दा चार गुना छिटो सोचे भने त्यसै अनुपातमा सकृयता पनि देखाए । मानिसको दिमागका कोषिकाले मुसाको सम्झना शक्ति चार गुणाले बढाई दियो ।
जर्नल अफ न्युरोसाईन्समा केही महिना पहिले र न्यू साईन्टिसमा हालै प्रकाशित भएको प्रतिवेदन अनुसार अनुसन्धानकर्ताले मानिसको मस्तिष्कको कोषिका भर्खरै जन्मिएको मुसामा प्रत्यारोपण गरेका थिए । प्रत्यारोपण गरिएको कोषिका मुसाको दिमागमा बाच्छन् कि बाच्दैनन् भन्ने अनुसन्धानकर्ताहरुको चिन्ता थियो । तर, यी कोषिका जिवित मात्र रहेनन्, बरु मुसाका जन्मजात कोषिकालाई बिस्थापित गर्ने गरि फैलिन थाले । मुसाको दिमागमा मानिसको दिमागका कोषिकाले सक्रिय रुपमा काम पनि गरे ।
यो अध्ययनले मानिसमा हुने विभिन्न खालका मस्तिष्क सम्बन्धी रोगको उपचारमा सहयोग पुग्ने विश्वास अनुसन्धानकर्ताले गरेका छन् । अध्ययनले मानिसको मस्तिष्कको कोषिका विभिन्न प्राणीमा बाँच्नका लागि संघर्ष गर्न सक्छ र अन्तत प्रतिस्थापन पनि गर्न सकिन्छ भन्ने कुरा देखाएको अनुसन्धानकर्ताको भनाई छ ।
मुसालाई प्रयोगशाला बनाएर अध्ययन अनुसन्धान गर्ने चलन त पुरानै हो, तर मुसाको दिमागमा मानिसको दिमागका कोषिका प्रत्यारोपण गर्दा मुसाको दिमाग चार गुना बढी सकृय भएपछि अनुसन्धानकर्ताहरु आफै दंग परेका छन् । यो अनुसन्धानपछि मानिसको दिमागका कोषिका मुसामा सार्न र राख्न सकिने संभावना बढेको छ ।
–एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१