फेसबुकले ल्यायो च्याट गर्नका लागि नयाँ म्यासेन्जर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० चैत्र २०७१, सोमबार १४:३२

सामाजिक सञ्जाल फेसबुकले च्याट गर्नका लागि नयाँ म्यासेन्जर ब्राउजर ल्याएको छ । फेसबुकले कम्प्युटर तथा ल्यापटपबाट प्रयोग गर्न मिल्ने म्यासेन्जर ब्राउजर ल्याएको हो । यसअघि मोबाइलमा प्रयोग हुँदै आएको म्यासेन्जर एप जस्तै यसलाई कम्प्युटरबाट प्रयोग गर्न सकिन्छ । फेसबुक नचलाएका बेला पनि चलाउन सकिने म्यासेन्जरलाई म्यासेन्जर डट कममा भेट्टाउन सकिन्छ । फेसबुक चलाएका बेला पनि म्यासेन्जर चलाउन सकिने भएपनि फेसबुक एकाउन्ट भने अनिवार्य हुन्छ । फेसबुकको नयाँ म्यासेन्जर त्यस्ता प्रयोगकर्ताका लागि उपयोगी हुन्छ जसले कुनै अवरोध बिना साथीसँग कुरा गर्न चाहान्छन् ।

facebook (1)अहिले फेसबुकमा भैरहेको च्याट अप्सनबाट पनि साथीसँग कुरा गर्न त सकिन्छ तर त्यहि बेला फेसबुकका अन्य गतिविधि पनि गर्न सकिन्छ । तर म्यासेन्जरबाट भने च्याट मात्रै गर्न मिल्छ । अंग्रेजी भाषामा बुधबार नै सार्वजनिक गरिएको म्यासेन्जर आउँदो हप्ता अन्य भाषाको सुविधा सहित सार्वजनिक गरिने फेसबुकले जनाएको छ । मोबाइलका लागि यस अघि नै म्यासेन्जर एप बनाएको भएपनि वेव ब्राउजरमा भने अहिले मात्रै सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१