बैशाख १ गते मंगलबारदेखि लागू हुनेगरी टेलिकमले पहिलो पटक जिएसएमका पोष्टपेड ग्राहकहरुलाई मोबाईल डाटा र भ्वाईसको प्याकेज सार्वजनिक गरेको हो ।

ग्राहकहरुले अब मासिक ९ सय रुपैयाँ तिरेमा २ जिबी डाटा निःशुल्क पाउनेछन् भने थप ५ सय रुपैयाँ बराबरको फोन समेत गर्न पाईने भएको छ । तत्कालका लागि जिएसएम पोष्टपेड मोबाईलमा मात्रै यो सुविधा उपलब्ध रहेको र प्रिपेड ग्राहकले भने यो सुविधा नपाउने नेपाल टेलिकमले जनाएको छ ।

जस अनुसार ग्राहकहरुले अब मासिक ९ सय रुपैयाँ तिरेमा २ जिबी डाटा निःशुल्क पाउनेछन् भने थप ५ सय रुपैयाँ बराबरको फोन समेत गर्न पाईने भएको छ । तत्कालका लागि जिएसएम पोष्टपेड मोबाईलमा मात्रै यो सुविधा उपलब्ध रहेको र प्रिपेड ग्राहकले भने यो सुविधा नपाउने नेपाल टेलिकमले जनाएको छ ।

यसैगरी, टेलिकमले सिडिएमएको डाटा प्याकेजमा लाग्दै आएको शुल्कमा समेत कटौती गरेको छ ।
अब उपभोक्ताले ७५ रुपैयाँमा २५० एमबी, १७५ रुपैयाँमा ५०० एमबी र ३२५ रुपैयाँमा १ जीबी डाटा पाउनेछन् । यो प्याकेजको अवधि एक महिना रहनेछ । यसअघि ५०० एमबीका लागि २ सय रुपैयाँ लाग्थ्यो ।

यसैगरी, ८५० रुपैयाँमा तीन जीबी डाटा दिन लागेको टेलिकमले ११ सय ८० रुपैयाँमा पाँच जीबी डाटा दिन लागेको छ । ३ जीबीको अवधि दुई महिना र ५ जीबीको अवधि तीन महिनाको हुनेछ । धेरै डाटा प्रयोग गर्नेहरुलाई लक्षित गर्दैटेलिकमले ६ महिनाको अवधि रहनेगरी १८ सय रुपैयाँमा १० जीबी डाटा दिन लागेको छ ।

यसैबीच, नयाँ बर्षको अवसरमा एसएमएसमा भने टेलिकमले सबै किसिमका मोबाईल प्रयोगकर्ताहरुलाई ५० प्रतिशत छुट दिने भएको छ । चैत ३० गतेदेखि बैशाख २ गतेसम्म एसएमएस पठाउँदा अहिले लाग्दै आएको शुल्कमा ५० प्रतिशत कम शुल्क लाग्नेछ ।