अध्याँरोमा पनि उज्यालो जस्तै तस्विर खिच्ने क्यामेरा आउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १३:३७

स्मार्टफोनको बजारमा दिनदिनै नयाँ नयाँ प्रविधीहरू आउने गरेका छन् । स्मार्टफोनमा विषेशगरी अन्य फिचरभन्दा पनि क्यामराका फिचरहरूका लागी प्रतिष्पर्धा हुने गरेको छ । मेगापिक्सेलको प्रतिष्पर्धामा एचटिसीले अल्ट्रापिक्सेलका कन्सेप्ट पेश गरेको छ । यस्तै, प्रतिष्पर्धामा अगाडि बढ्नका लागि एलजी आफ्नो नयाँ जी ४ को साथमा तयार गरिएको छ ।

cameraकम्पनीले यो फोनमा क्यामरामा नयाँ सुविधा दिइएको छ । कम्पनीले यो फोन यही अप्रिलमा सार्वजनिक गर्ने जनाएको छ । एलजी जि ४ स्मार्टफोन १६ मेगापिक्सेलको रेयर क्यामरा छ भने यसमा वाइड एण्गल एफ १.८ एपरचर प्रयोग गरिएको छ, जसले आधा रातको अन्धेरोमा पनि निकै राम्रो तस्विर खिच्न सक्छ । यतिमात्र नभई दक्षिण कोरियाली कम्पनी यो फोनमार्फत ४ के भिडियो रेकर्डिङ्गको सुविधा पनि दिईरहेको छ । कम्पनीले अहिलेसम्म जी ४ को अन्य सुविधाका बारेमा केहि जानकारी दिएको छैन् । तर, यसमा ५.५ इन्च क्युएचडी डिस्प्ले रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१