के तपाईंलाई ल्यापटप र कम्प्युटर सफा गर्न आउँछ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १६:०८

ल्यापटप वा कम्प्युटरको उचित सरसफाई वा मर्मत नहुँदा प्रयोगकर्ताहरुले कैयौं पटक झमेला बेहोर्नुपर्छ । कम्प्युटर तात्ने, काम ढिलो हुनेजस्ता समस्या मर्मत तथा सरसफाईको कमीका कारण हुनसक्छ । घरमै पनि तपाईंका ग्याजेटलाई सफाइ गर्न सकिन्छ, हामी यहाँ केही उपायहरुबारे जानकारी दिँदैछौं ।

ल्यापटपको किबोर्डको सफाई
ल्यापटपको किबोर्डको सफाई गर्दा दुई कुराको ध्यान दिनु जरुरी हुन्छ । तपाईं जब ल्यापटपको किबोर्ड सफा गर्नुहुन्छ, सबभन्दा पहिला ल्यापटप बन्द गर्न बिर्सनुहुँदैन । यसपछि सफा गर्दा प्राविधिक समस्या आउँदैन र सफाई गर्न पनि सजिलो हुन्छ । क्लिनर दुई वा तीन थोपाभन्दा प्रयोग गर्नुहुँदैन । यसको लागि इयर बड वा थोरै कपासलाई सानो छेस्कोमा लगाएर त्यसमा दुई थोपा अल्कोहल राख्नुहोस्, दुई मिनेटसम्म रहन दिनुहोस् । त्यसपछि हल्का हल्का हातले सफाई गर्नुहोस् ।

क्लिनरलाई सिधै ग्याजेट्समा नराख्नुहोस्
प्रायः मानिसहरु आफ्नो ल्यापटपको सफाई गर्दा क्लिनर सिधै ल्यापटपमा लगाउँछन् । यस्तो गर्नु हुँदैन । जब तपाई क्लिनरले ल्यापटप सफा गर्नुहुन्छ, त्यतिबेला कपडा, कपास वा इयर बडको प्रयोग गर्नुहोस् । यसबाट तपाईंको स्क्रीनमा क्लिनरको नराम्रो असर पर्दैन ।

स्क्रीनको सफाई
ल्यापटप वा डेस्कटपको स्क्रीन सफा गर्दा तरल पदार्थको प्रयोग गर्न सकिन्छ । यसको लागि बजारको क्लिनर पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईसँग क्लिनर छैन भने उम्लिएको पानीमा सेतो अमिलो बराबार मिलाएर सफा गर्न सक्नुहुन्छ । यसका साथै अल्कोहल पनि प्रयोग गर्न सकिन्छ । यसैबाट किबोर्डको पनि सफाई गर्न सकिन्छ । ल्यापटपको स्क्रीनको सफाईको लागि माइक्रोफाइबर कपडाको प्रयोग गर्नु उत्तम हुन्छ ।

ल्यापटपको ब्याट्रीको सफाई
ल्यापटपको ब्याट्री धुलो जम्मा भयो भने सिस्टम नै तात्ने खतरा हुन्छ । यसका लागि यसको एक वा दुई महिनामा सफाई गरिरहनुपर्छ । ब्याट्रीको सफाईको लागि ग्यास डस्टरको प्रयोग गर्न सकिन्छ । ग्यास डस्टर इलेक्ट्रोनिक उपकरणको सफाईको लागि प्रयोग गर्ने गरिन्छ । बजारमा यो सजिलै पाइन्छ । ल्यापटपको ब्याट्रीलाई यसबाट निस्कने हावाले सफा गर्दछ । यसले भित्रदेखिको धूलो निस्कन्छ । कहिल्यै पनि ब्याट्रीलाई चिसो कपडाले पुछ्नु हुँदैन ।

पखाल्नु हुँदैन कुनै पनि पार्टहरु
ल्यापटपको सफाई गर्दा कुनै पनि पार्टहरु निकालेर पखाल्नु हुँदैन, कपडाले सफा गर्नुपर्छ पुछ्नुपर्छ । पानीले पखाल्दा पार्टहरु बिग्रन्छ ।

laptopस्क्र्याच यसरी हटाउन सकिन्छ
यदि तपाईको ल्यापटप मेटालिक फ्रेमवाला हो भने त्यसलाई झोलामा राख्दा वा कुनै वस्तुमा घर्षण भएर स्क्र्याच हुन सक्छ, कोरिन सक्छ । यसको लागि तपाईंले स्याण्डपेपरको प्रयोग गर्नुपर्छ । हल्का हलका हातले स्याण्डपेपरले सफा गर्दा स्क्र्याच पनि मेटिन्छ । तर याद गर्नुहोस्, प्लास्टिकको फ्रेमवाला ल्यापटपमा यो विधि काम छैन ।

बन्द गरेर गर्नुहोस् सफाई
ल्यापटपको सफाई गर्दा सबैभन्दा पहिला ल्यापटप बन्द गर्नुपर्छ र सफाई प्रक्रिया सुरु गर्नुभन्दा अगाडि सबै किसिमका बाहिरी अट्याचम्यान्टबाट अलग गर्नुपर्छ । यसो गर्दा तपाईंको ल्यापटपलाई राम्ररी सफाई गर्न सक्नुहुन्छ । यसबाट तपाईंको ल्यापटपलाई कुनै नोक्सान हुँदैन ।

सफा राख्नुहोस् हात
ल्यापटपको सफाई गर्नुभन्दा अगाडि आफ्नो हात र सफा गर्ने कपडा सफा गर्नुपर्छ । कैयौंपटक हामीले यस्तो गर्न भुल्छौं । जसले गर्दा ल्यापटप सफा हुनुको साटो उल्टो फोहोर हुन्छ । यसैले पहिला हात र कपडा धुनुपर्छ ।

तेल लगायतका पदार्थको प्रयोग नगरौं
ल्यापटपको सफाई गर्दा यसलाई चम्काउनको लागि कैयौं मानिसले चम्किलो पदार्थको प्रयोग गरेको पाइन्छ । तर यस्तो गर्नु हुँदैन । यसो गर्दा ल्यापटप वा तपाईंको ग्याजेट्समा धेरै धूलो र माटो जम्मा हुन्छ र ठूलो क्षति हुनसक्छ ।

ल्यापटपको ज्याकको सफाई
कैयौंपटक हेडफोन ज्याकमा वा कुनै युएसबी पोर्टमा धूलो जम्मा हुन्छ । यसले गर्दा उपकरणले राम्रोसँग काम गर्दैन । यस्तो स्थितिमा हेडफोन ज्याक वा युएसबी पोर्टको टुथपिक (दाँत कोट्याउने छेस्को)ले सफा गर्नु सकिन्छ । टूथपिकमा थोरी कपाड लगाउने र जम्मा भएको धूलो र फोहोर सफा गनुपर्दछ । यसको लागि क्लिनरको पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१