सामसुङ मोबाइलमा ५५ प्रतिशतसम्म छुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार १६:२८

काठमाडौं,२६ चैत । सूचना प्रविधिको नयाँ आधार : सबैका लागि सिटिसी मोबाइल बजार’ नाराका साथ काठमाडौंको सुन्धारामा शुक्रबारदेखि सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो– २०१५ हुने भएको छ । सिटिसी मललाई ‘इलेक्ट्रोनिक्स हव’का रुपमा विकास गर्ने योजना अनुरुप एक साताको एक्स्पो हुन लागेको आयोजक सिटिसी मोबाइल बजारले जनाएको छ ।

expoमेलामा मोबाइल पारखीका लागि विभिन्न कार्यक्रमसहित छुटको व्यवस्था गरिएको छ । सिटिसी मोबाइल बजारका महासचिव केशवराज लुईँटेलले नयाँ वर्ष २०७२ को अवसर पार्दै सिटिसी मोबाइल बजारले यही चैत २७ देखि आगामी वैशाख ५ सम्म मोबाइल मेला सञ्चालन हुन लागेको जानकारी दिए । हालसम्म धेरै मोबाइल कम्पनीले प्रायोजनमा साथ दिएका कारण मेला सफल हुनेमा उनको विश्वास छ । प्रत्येक मोबाइल खरिदमा ८ देखि ५५ प्रतिशत छुट तथा हरेक दिन पाँच लक्की ड्रको व्यवस्था गर्नुका साथै एसएलसी दिएर बसेका विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको छ । एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट, मोबाइल एक्सेसरिजको पनि बिक्री गरिने छ । मलको तेस्रो तल्लामा फुडकोर्ट, गेम जोन, टच एण्ड फिल जोन तथा चौथो र पाँचौ तल्लामा गरी सयभन्दा बढी पसल रहने छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१