चपाउँदा पनि बिजुली निस्कने !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार १०:४८

क्यानडाका इञ्जिनियरहरुले मानिसले चपाउँदा पनि बिजुली निकाल्न सकिने मेसिन बनाएका छन् । त्यो मेसिनले मानिसले चपाउँदा उत्पन्न हुने प्रतिक्रियालाई बिजुलीमा बदल्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । तर कुनै पनि कार्यमा प्रयोग गर्न सकिने स्तरमा बिजुली उत्पादनका लागि भने अहिले तयार भएको मेसिन अर्थात पट्टाको क्षमता २० गुणा बढाउनु पर्नेछ ।

chapauda-pani-electricityयो पट्टाले कानमा प्रयोग हुने मेशिन तथा विभिन्न ग्याजेटहरुको ब्याट्रीको स्थान लिने वैज्ञानिकहरुको दावी छ । मानिसको अनुहारको दाँतको आडमा लगाइने एक स्मार्ट पदार्थमा चपाउँदा पर्ने दबाबले बिजुली उत्पादन हुने वैज्ञानिकहरुले बताएका छन् । एक मिनेट चपाउँदा १८ माइक्रो वाट बिजुली उत्पादन हुने शोधकर्ताहरुको भनाई छ । यो शोध बेलायतको इन्स्टिच्युट अफ फिजिक्सको जर्नलमा प्रकाशित भएको छ ।

–एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१