चितवनमा थप ३२ जनामा स्वाइन फ्लुको संक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७१, सोमबार १२:०४

चितवन,२३ चैंत । चितवनमा थप ३२ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ । यस अघि एक सय २१ जनामा स्वाइन फ्लु संक्रमणको पुष्टि भएकोमा अहिले संक्रमितको संख्या एक सय ५३ पुगेको छ । संक्रमण बढेपति आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको चिकित्सकहरुले बताएका छन् । समयमै परीक्षण गराएमा स्वाइन फ्लुबाट डराउनु पर्ने अवस्था नआउने उनीहरुले बताएका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने र कमजोर महसुस भएमा तुरुन्त विशेषज्ञ चिकित्सकलाई देखाएर औषधि सेवन गर्नु पर्ने भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले बताउनुभयो ।

swinभरतपुर अस्पतालमा स्वाइन फ्लुको प्रारम्भिक परीक्षणका लागि विशेष व्यवस्था गरिएको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई अनिवार्य रुपमा स्वाइन फ्लुको परीक्षण गर्न लगाइएको अस्पतालले जनाएको छ । परीक्षण गरेको २० मिनेटमै रिपोर्ट दिने व्यवस्था पनि गरिएको छ । अहिलेसम्म चार सय ४७ बिरामीको जनाको नमुना परीक्षण गराएका मध्ये एक सय ५३ जनामा संक्रमण रहेको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार अझै ४३ जनाको नमुना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१