चैत २७ गतेदेखि मोबाइल एक्स्पो हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७१, सोमबार ११:२७

काठमाडौं,२३ चैत । काठमाडौको सुन्धारास्थित सिटिसी मोबाएल बजारले चैत २७ गतेदेखि मोबाइल एक्स्पो गर्ने भएको छ । सिटिसी मोबाएल बजारले एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी मोबाइल एक्स्पो गर्न लागेको बताएको छ ।

expoएक्स्पोमा प्रत्येक मोबाएलको खरिद्मा ८ देखि ५५ प्रतिशत छुट दिइने, हरेक दिन लक्की ड्र मार्फत ५ वटा मोबाएल निःशुल्क वितरण गरिने तथा हरेक घण्टा एक जनालाई लक्की ड्रमार्फत मोबाएल किन्दा लागेको रकमको ५५ प्रतिशत फिर्ता दिने बजारका महासचिव केशवराज लुईटेलले जानकारी दिनुभयो । बजारमा १ हजार देखि १ लाख रुपैयाँसम्म पर्ने सबै कम्पनीका मोबाइल राखिने लुईटेलले बताउनुभयो  । आयोजकले वैशाख ५ गतेसम्म हुने एक्स्पो ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१