‘हो म पोर्नस्टार हुँ’ : सन्नी लियोन ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार ०९:४३

sunny-leone-hot-modelबलिउडमा पछिल्लो समय निकै छाइरहेकी हिरोइन सन्नी लियोन पुर्व पोर्नस्टार हुन । यो कुरा उनी आफै पनि सहजै स्वीकार्छिन । बलिउड आउनुअघि उनले कयौ ब्लु फिल्महरुमा काम गरीन ।
यसमा उनलाई खासै पश्चाताप छैन । बरु उनी पोर्नस्टारको छवि मेटाएर बलिउड हिरोइन बनेर चिनिन चाहन्छिन । उनले हालै भनेकि छिन : ‘हो म पोर्न स्टार हुँ तर अब बलिउड अभिनेत्री बन्न चाहन्छु ।’ उनले आफु अभिनेत्री बन्न हदैसम्मको संघर्ष गर्ने बताइन ।
उनी पोर्नस्टार भएकै कारण कतिपय बलिउड हिरोहरु उनीसँग काम गर्न चाहदैनन । तर उनी भने बलिउडका तीन खान आमिर, सलमान र शाहरुख सँग काम गर्न चाहन्छिन । उनी भन्छिन: ‘अवसर पाए तीन खानसँग काम गर्न चाहन्छु, तर उहाँहरुको चाहना छैन भने मेरो के लाग्छ र ?’
सन्नी फिल्म ‘जिस्म २’ बाट बलिउड डेब्यु हिरोइन हुन । त्यसयता उनले ‘ज्याकपट’, ‘रागिनी एमएमएस २’ लगायत फिल्ममा काम गरिसकेकी छिन । उनको पछिल्लो फिल्म ‘एक पहेली लिला’ आउदो शुक्रबारबाट रिलिज हुदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, जेष्ठ ३, २०८१