मोदीको सम्पत्ति ३ करोड रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०८१, बुधबार १३:२५

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । बाराणशीमा उम्मेदवारी दिने क्रममा मंगलबार बुझाइएको सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड भन्दा बढी रहेको सार्वजनिक भएको हो।

शपथपत्रमा दिइएको जानकारी अनुसार मोदीसँग ३ करोड २ लाख ६ हजार ८ सय ८९ रुपैयाँको चल सम्पत्ति छ, जसमध्ये करिब २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।

यसका अतिरिक्त मोदीसँग सुनका चार औँठी छ। जसको मूल्य २ लाख ६७ हजार भारतीय रूपैयाँ बताइएको छ।

यसबाहेक पीएम ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रुपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए ।

सन् २०१९ को लोकसभा चुनावमा मोदीले आफूसँग साढे २ करोडको सम्पत्ति रहेको बताएका थिए। त्यसअघि २०१४ मा उनले बुझाएको सम्पत्ति विवरणमा १ करोड ६५ लाख रूपैयाँ सम्पत्ति रहेको उल्लेख गरेका थिए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१