डा. गोविन्द केसीले १२ औं दिनपछि अनसन तोडे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १५:५९
काठमाडौं– डा. गोविन्द केसीले १२ औं दिनपछि अनसन तोडेका छन् । आफ्ना १० सूत्रीय माग राख्दै गत ८ फागुनमा अनसनमा बसेका डा. केसीले आज बिरामी र जुत्ता सिलाउने व्यक्तिको हातबाट जुस खाएर अनसन तोडेका हुन् ।
उनलाई शिक्षण अस्पतालको गेटमा जुत्ता सिलाउने काम गर्दै आएका सत्यनारायण  राम र अर्थोपेडिक्स विभागका १० वर्षीय बिरामी सुवास अधिकारीले जुस खुवाएका हुन् ।  यसअघि प्रधानमन्त्री सुशील कोइराला अनसन तोडाउन आउने कार्यक्रम भएपनि स्थगित भएको थियो । डा. केसीले यसअघिका अनसनमा पनि बिरामीको हातबाट जुस खाएर अनसन तोडेका थिए ।
यसअघि सरकारी वार्ता टोलीसंग ११ बुँदे सहमति भएपछि डा. केसी अनसन तोड्न राजी भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१