पखाला लागे के गर्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १४:१७

पखाला
पखाला लग्यो भने हामीले सुनेका र आफैले पनि भोगेकाले यो रोगमा दिनभरी दिसा लाग्छ, दिसाबाट पातलो पानीजस्तो तरलपदार्थ बग्छ ! यसले मानिषलाइ साह्रै दुख र हैरान बनाउँछ !

पखाला रोग लागेको कसरि थाहा पाउने ?

पखाला लग्नु भन्दा पहिले विस्तारै पेट दुख्छ !
कहिले थोरै गाढा त कहिले पातलो पानि जस्तो दिसा आउनु !
दिसा आउँदा पातलो भै पानीजस्तो पिचिरिक्क आउनु !
पेटमा दुखेजस्तो हुनु !
जिब्रोमा सुक्खापन देखिनु !
पानीको प्यास लाग्नु !
हिंड्दा गाह्रो भइ जहाँ पायो त्यहि बसौ जस्तो हुनु !

pakhalaपखाला लग्नुको कारण
मौसम परिवर्तनको करणले, कहिले तातो र कहिले चिसो हुनाले !
सडेगलेको बासि ढुसी परेको खानेकुरा खानाले !
आफ्नो पाचन शक्तिले पाचाउन नसक्ने खानेकुरा खनाले !
पचाउन नसक्ने खानेकुरा तेलमा तारेको भुटेको, भटमास, चिल्लो खानेकुरा, धेरै नुनिलो, धेरै पिरो र मसला धेरै भएको खानेकुराले गर्दा !
खान खाँदा धेरै खानु पहिले खाएको खानेकुरा नापच्दै खानु !
दुषित पानीको प्रयोग पेटमा जुका परेको कारणले !
फोहोर छोएर साबुन पानीले राम्रो संग हात नाधुनाले !

पखाला लागेमा कस्तो खानेकुरा नखाने ?

पेयपदार्थ रक्सि,चिया,कफी र दुध नपिउने !
फ्रिजमा राखेका खानेकुरा बहिर निकालेर तुरुन्तै नखाने !
अचारमा अमिलो,आलु,भन्टा कोभी नखाने !
सलादमा पहिलेनै काटेर राखेको सलाद नखाने !
झिंगा बसेको खुल्ला नाछोपिकन राखेको खानेकुरा खाँदै नाखने !

झाडापखाला रोकथाम कसरि गर्ने ?
पिउनेपनि उमालेर सेलाएपछि मात्र पिउने !
पेटलाई तातो कपडाले छोपीराख्ने !
खान खानु भन्दा पहिले हातलाई रम्रो संग साबुनपानीले धुने !
हातका नङहरु नियमित काट्ने !
घरेलु औसधिका रुपमा प्याजलाई पिधेर नाइटोमा लेप लगाउने !
दिसा पिसाब रोकेर नराख्ने !
दिनमा सुत्ने र रातमा नसुत्ने बानीलाई हटाउने !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१