समाजसेवी नेपालको ‘अथकसेवा’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १२:२७

ज्ञानमणि कालोटोपी
काभ्रे जिल्लाको मण्डनभेगका शिक्षासेवी एवं समाजसेवी पीताम्बर उपाध्याय नेपालको जीवनयात्रा अथकसेवाको विमोचन गरिएको छ ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा शनिवार उक्त कृतीको विमोचन गर्नुभयो । कार्यक्रमका अतिथी पूर्वमन्त्री प्रदिप नेपाल , साहित्यकार तथा प्राध्यापक शैलेन्दुप्रकाश नेपाल लगायतले पुस्तकको समिक्षा र समालोचना गर्नुका साथै पुस्तकले देखाउन खोजेको मूल विषय माथी प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथी माधव कुमार नेपालले यो कृतिले पीताम्बर नेपालले समाजसेवाका क्रममा आफ्नो जीवनयात्रामा भोग्नु भएका हरेक सजिला–असजिलाहरुबाट अरुले पनि धेरै ज्ञान हाशिल गर्न सकिने बताउनुभयो ।
aathakबहुआयामिक व्यक्तित्वका धनी पीताम्बर नेपाल जिल्लाको मण्डनभेगका हरेकजसो क्षेत्रमा परिचित रहँदै आउनुभएको छ । उहाँले यसभेगको शैक्षिक, कृषि र सिंचाई, सहकारी, सडकयातायात, राजनिती , धार्मिक तथा सामाजिक लगायतका क्षेत्रहरुमा अविष्मरणिय योगदान दिनुभएको छ । यस कृतिमा जिल्लाका मात्र नभएर राष्ट्रिय तहमा रहनुभएका थुप्रै व्यक्तित्वहरुले उहाँको योगदानबारे उल्लेख गर्नुभएको छ । पुस्तकको सम्पादक मण्डलमा नेपाल समाचारपत्रका पूर्वसम्पादक बद्री तिवारी लगायत विष्णुलोचन न्यौपाने र केशवलोचन शर्मा घिमिरे रहनुभएको छ भने सम्पादन पारशप्रकाश नेपालले गर्नु भएको छ । प्रस्तुत कृति एउटा व्यक्ति विशेषका लागि मात्र नभएर यसले सफल हुन चाहने हरेक क्षेत्रका व्यक्तिहरुलाई केहि न केहि खुराक प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१