डा. केसीले भने,‘प्रधानमन्त्रीले मरोस् भन्दैमा म मर्दिनँ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७१, आईतवार १०:१०

काठमाडौं,चैत १५ – चिकित्साशिक्षा र मेडिकल कलेज सम्बन्नको स्तरीयतालाई मुख्य माग बनाई विगत सात दिनदेखि अनशनमा बसेका चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द्र केसीले ‘प्रधानमन्त्रीले मरोस्’ भन्दैमा आफू नमर्ने र मर्नै लागे पनि तीन करोड नेपालीले बचाउने बताएका छन् ।

dr-govinda-kc1

केसीले विगतका सम्झौता तोडेर यसअघि नै प्रधानमन्त्रीले आफूलाई मारिसकेकाले अब त्यसो भन्दैमा केही फरक नपर्ने बताए । ‘प्रधानमन्त्रीले मसँग् भएका सम्झौता धेरैपटक तोड्नुभयो,त्यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्नुभएको पनि थाहा छ,’ शनिबार दिनभर मन्त्री –नेताहरुलाई भेटेर थकित भएका केसीले भने,‘प्रधानमन्त्रीले मरोस् भन्दैमा म यति छिट्टै मर्ने छैन । मलाई बचाउन नेपाली जनता आइरहनेछन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१