यस्ता छन् स्याउका फाइदाहरु !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार १३:३६

तपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस् । किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ । अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं विरामी भएर डाक्टरकोमा जानुपर्दैन ।

दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन् । नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।

apple_380_01_fअनुसन्धानका क्रममा १ सय ६० जना महिलालाई एक वर्षसम्म दिनहुँ ड्राइड् (सुकाएको) स्याउ र ड्राइड् आलुबखडा खान लगाइएको थियो । यसबाट उनीहरूको स्वास्थ्यमा परेको प्रभाव मापन गर्न तीन, छ र १२ महिनामा उनीहरूको रगत परिक्षण गरिएको थियो । रगत परिक्षण गर्दा स्याउ खाने महिलाको शरीरमा कोलेस्ट्रोलको मात्रा १४ प्रतिशतले कम भएको थियो । साथै, उनीहरूको वजन करिब साढे एक किलो कम भएको थियो । अनुसन्धानमा संलग्न डा. बाहरम एच अर्जमान्दीका अनुसार आलुबखडा खाने महिलाका स्वास्थ्यमा पनि केही प्रगति देखिएको थियो, तर स्याउ खानेका भन्दा कम ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१