यसरी टाउको दुखेमा तुरुन्तै अस्पताल जानुपर्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार ११:२३

-डा. ओममूर्ति अनिल, मुटु रोग विशेषज्ञ

टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन । तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, धेरै चिसा, तनाव र थकान आदी हुन् ।

headयस्तो अवस्थामा अस्पताल जानुपर्छ :-

टाउको दुखाईसंगै उल्टी भएमा
सहनै नसक्ने गरी दुखेमा
एउटा बस्तु दुईवटा देख्न लागेमा
एउटा आँखाले अचानक देख्न छाडेमा
आँखा बांगिएमा
होस हराएमा वा बेसुरको कुरा गरेमा
मुख आंगिएमा
बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
खोक्दा दुखाई बढेमा
धेरै रिंगटा लागेमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१