स्वाइन फ्लुले लियो काठमाडौंमा नै ३ जनाको ज्यान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १०:१४

काठमाडौं,२८ फागुन । स्वाइन फ्लुको संक्रमणका कारण काठमाडौंमा ज्यान गुमाउने संख्या ३ पुगेको छ । स्वाइन फ्लुका कारण एक महिला र २ पुरुषको ज्यान गएको हो । स्वाइन फ्लु लागेका उनीहरुले केएमसी, किस्ट र ओम अस्पतालमा उपचार गराएका थिए । तर ढिला गरी स्वास्थ्य जाँच गराउन गएकाले उपचार सम्भव नभएको डाक्टरहरुले बताएका छन् ।

Symptoms_of_swine_fluराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डाक्टर गीता शाक्यका अनुसार स्वाइन फ्लु लागेका उनीहरुले थलिएपछि मात्रै जाँच गराएका थिए । समयमा जाँच गराए, स्वाइन फ्लुबाट बच्न सकिन्छ । स्वाइन फ्लुको संक्रमण फैलिंदै गएपछि अहिले स्वास्थ्य जाँच गराउनेको संख्या ह्वात्तै बढेको छ । गएको जनवरी महिना यता झण्डै १ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । त्यसमध्ये १ सय ७६ जनामा संक्रमण पाईएको डाक्टर शाक्यले बताउनुभयो ।
स्वाइन फ्लुको शंकामा स्वास्थ्य परीक्षण गराउनेको संख्या बढिरहेपनि वास्तविक विरामी भने ढिला गरी मात्र जाँच गराउन आउने गरका उहाँको भनाई छ । उहाँका अनुसार स्वाइन फ्लुका बारेमा कोहि आवश्यक्ता भन्दा बढी सचेत छन् भने कोहि सचेत नै छैनन । जसले गर्दा स्वाइन फ्लुको संक्रमण बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वास्थ्य परीक्षण गराउनेमा काठमाण्डू उपत्यकाका ६० प्रतिशत छन् भने अरु बाहिरी जिल्लाका छन् ।
यसैबीच स्वाईन फ्लु लागेका विरामीको उपचार गराईरहेका अस्पतालले सतर्कता अपनाएका छन् । उनीहरुले अस्पतालका सबै कर्मचारीलाई माक्स लगाउन अनिवार्य गरेको बताएका छन् । रुघाखोकी लागेका बेला भिडभाडमा नगए र माक्स लगाएर हिँडे यो रोगको संक्रमणबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१