कथाले मागे जस्तो पनि दिन तयार छु : तिर्सना बुढाथोकी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार १२:४०

बेला बेलामा विभिन्न कारणले चर्चामा आउन माहिर मानिने मोडल तिर्सन बुढाथोकी पछिल्लो समयमा चलचित्र सगैं केहि म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् । बलिउडकी पुनम पाण्डे समेत भनेर कहलिएकी तिर्सना बेला बखतमा आफ्नै नग्न फोटोसुट गरेर पनि विवादमा आइरहेकी हुन्छिन् । उनैं तिर्सना बुढाथोकीसँग हाम्रा सहकर्मी मोनिका रसाईलीले गनुभएको कुराकानी –

१.तिर्सना बुढाथोकीलाई बलिउडकी पुनम पाण्डे भनिन्छ नी ?
म पुनम पाण्डे होइन,म तिर्सना बुढाथोकी हुँ । मलाई पुनम पाण्डे भनेर दिएको नाम पत्रकार मित्रहरुले र मेरा फ्यानहरुले हो । मलाई बलिउडकी पुनम पाण्डे भनेर अर्थात पुनम पाण्डेसँग तुलना गरेर म चिनिन पाउदाँ निकै खुसी छु ।

trisana२.बेला बेलामा नग्न फोटोसुट गरेर बिबादमा आइरहनु हुन्छ,मोडल भएर त्यस्तो गर्न मिल्छ ?
बेला बेलामा नग्न फोटोसुट गरेर बिबादमा आउन कसलाई पो मन हुन्छ र । त्यस्ता फोटो सुट गर्ने र त्यस्ता हर्कतहरु मोडलहरुले नै त गर्ने हो ? चर्चामा आउन र नाम कमाउन नग्न फोटो सुट गर्ने मोडलहरु मध्य म पनि पर्छु ।

३.तिर्सनालाई सेक्सी गर्ल भनिन्छ नी ?
हो र ? मलाई खुसी लाग्यो । मलाई अरुले सेक्सी गर्ल भन्दा निकैनै खुसी हुने गर्छु । संसारमा दुई थरीका अथवा दुई किसिमका यूवतीहरु हुन्छन् एउटा व्यूटिफुल गर्ल र अर्को सेक्सी गर्ल र मलाई सेक्सी गर्ल मनपर्छ । म सेक्सी गर्ल पनि हुँ । मलाई सेक्सी गर्ल जति भनेपनि पचाउन सक्छु र मलाई अझ भनुन जस्तो लाग्छ ।

trisana 3४.अहिलेसम्म तपाईले केहि म्युजिक भिडियो र केहि चलचित्रमा पनि अभिनय गर्नु भएको छ । तपाईलाई कस्तो चलचित्रबाट अफर आयो भने अंग प्रदर्शन गर्न तयार हुनुहुन्छ ?
सबैले बसेर हेर्न मिल्ने खाल्को फिल्महरु हुनुपर्छ र दर्शकहरुले चलचित्र रुचाउने खाल्को हुनुपर्छ यदि त्यस्तो चलचित्रबाट अफर आयो भने अंग प्रदर्शन मात्र होइन बेड सिन दिन पनि तयार छु । म अंग प्रदर्शन र आइटम डान्सका लागी चलचित्र खेल्दिन चलचित्रको सबै पक्ष बलियो हुनुपर्छ र कथाले मागे जस्तो पनि दिन तयार छु ।

५.तिर्सनालाई बेला बेलामा बिबादमा आउन मन पर्छ हो ?
बिबादमा आउन कसलाई पो मन पर्छ होला र । म आफैं चाहेर बिबादमा आउने गरेको छैन मलाई विवादमा ल्याउनेहरु अरुहरु नै छन् । मलाई ब्लाकमेलिङ्ग गरेर विवादमा ल्याइने काम गरिन्छ । तर म आफैंले चाहेर भने होइन ।

६.शरिरलाई तन्दुरुस्त राख्न सेक्स आबश्यक छ भन्नु हुन्छ,तपाईको शरिरलाई तन्दुरुस्त राख्न सेक्सनै आबश्यक हो ?
हो हाम्रो  शरिरलाई तन्दुरुस्त राख्न सेक्स नै आबश्यक छ र सेक्सले नै शरिरलाई तन्दुरुस्त राख्छ । सेक्स एउटा शरिरलाई मात्र नभएर हरेक मानसिकता,शाररिक दुबैलाई अति आबश्यक छ । सेक्सले माइन फ्रेस बनाउने काम गर्छ ।

७.अबको १० बर्षपछि तिर्सना बुढाथोकीलाई कस्तो अबस्थामा देखिन्छ ?
अबको १० बर्षपछि त म बुढी भइसक्छु । सायद अबको १० बर्षपछि विश्वकै चर्चित व्यक्ति बन्छु र यहि मोडलिङ्ग क्षेत्रमै हुन्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१