बिहेका लागि फिल्म लत्याउँदै कट्रिना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७१, सोमबार ११:१६

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको बिहे गरिदिने छिनोफानो दुवैतिरका परिवारले गरिसकेको बताइए पनि बिहेको मिति भने अझैसम्म सार्वजनिक भएको छैन । यस्तोमा भारतीय सञ्चार माध्यमले कट्रिनाले बिहेको तयारी गरिसकेको उल्लेख गरेका छन् । यसका लागि उनले पहिल्यै खेल्न मञ्जुर गरिसकेको फिल्मबाट हात झिकेकी छिन् ।

katrina-kaif-in-kamli-song-16 समाचारअनुसार कट्रिनाले तीनवटा फिल्ममा काम गर्नेगरी गरेको अनुबन्धन एकतर्फी रुपमा भंग गरेकी छन् । काम गर्ने सहमति जनाएपछि फिल्म प्रोडक्सन कम्पनीले दिएको एडभान्ससमेत फिर्ता गरिसकेको उनले बताइएको छ । कट्रिनाद्वारा अभिनित तीन फिल्म प्यान्थम,फितुर र जग्गा जासुस रिलिजको संघारमा रहेकाले उनले बिहेका लागि फुर्सदिलो समय निकाल्न साइन गरेको फिल्ममा काम नगर्ने जनाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१