७० हजार चालकको लाइसेन्समा प्वाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार १३:४२

काठमाडौं,१९ माघ । उपत्यकामा मादक पदार्थ सेवन कारबाहीबाट लइसेन्समा एउटा प्वाल पर्ने चालकको संख्या ६९ हजार ६ सय ९१ पुगेको छ । ९९ जना Mapase-440x330चालकको लाइसेन्स निलम्बनमा परेको छ । ट्राफिक प्रहरीले १७ मंसिर ०६८ मा उपत्यकामा मापसे चेकजाँच सुरु भएको करिब एक वर्षपछि लाइसेन्समा प्वाल पार्ने नियम लागू गरेको थियो ।

६ पटकसम्म कारबाहीमा पर्नेहरुको लाइसेन्स निलम्बनमा पर्ने छ । ट्राफिक प्रहरीका अनुसार पाँचपटक कारबाहीमा पर्ने चालक संख्या दुई सय ८४ छ । चारपटक लाइसेन्स प्वाल पर्ने चालक संख्या तीन हजार सात सय तथा दुईपटक प्वाल पर्ने १४ हजार एक सय एकजना छन् । ट्राफिक प्रहरीले मापसे चेकजाँच सुरु गरेयता एक हजार ४० जना महिला चालक कारबाहीमा परेका छन् ।
धेरैजसो स्कुटी चालक रहेको प्रहरीले जनाएको छ । मापसे चेकजाँच सुरु भएयता उपत्यकामा एकलाख ६६ हजार पाँच सय ९९ चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसबाट १५ करोड ३६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१