आज श्री पंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ माघ २०७१, आईतवार ०७:३०

4377_vasant-panchmi-

काठमाडौँ  । आज माघ शुक्ल पंचमी अर्थात् श्री पंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी सरस्वती पूजा मनाइदै छ । शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । आज  विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु विद्याकी देवी सरस्वतीको पूजा प्रँर्थना गर्न लाम लागेका छन् ।

आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । आज राजधानीको स्वयम्भुमा रेहको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरहरुमा पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ ।

शिक्षा आरम्भका लागि समेत आजको दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरीन्छ । शिशुहरुलाई आजका दिनबाट अक्षरारम्भ गराईनाले भविष्यमा विद्धान बन्ने जनविश्वास छ । आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ॠतुको सुरुवात हुने गर्द छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१