दुव्र्यसनीमा फस्दै ‘टिनएजर’ युवतीहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७१, शनिबार १६:४०

काशी पोखरेल÷बाँके । छोराहरु मात्र लागुऔषध दुव्र्यसनी फस्छन् भन्दै कतै तपाईँले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शंका नै नगर्ने त गर्नुभएको छैन् ? यदि त्यस्तो हो भने तपाईँमाथि कुनै पनि बेला पछुताउनुपर्ने अवस्थामा आइलाग्ने हुनसक्छ ।

बाँकेमा पुरुषहरु मात्र होइन महिलाहरु समेत लागुऔषधको दुव्र्यसनीमा फसेका छन् । अझ कक्षा ८ देखि प्लस टुसम्म अध्ययन गर्ने टिनएजर युवतीहरु त झनै लागुऔषधको उच्च जोखिममा रहेका छन् । लागुऔषधबिरुद्ध काम गर्दै आएका संघ संस्थाहरुका अनुसार यस्तो अवस्था आएको हो ।
लागुऔषधका बिरुद्ध र पूर्व दुव्र्यसनीहरुलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको चेन्ज टिम नेपालगन्जका नयन रावलले भने, ‘कलिलो उमेरका युवतीहरु डूग युजर बनेका छन् । यो संख्या घट्दो क्रममा होइन बढ्दो क्रममा रहेकाले चिन्ता उत्पन्न भएको छ ।’
बाँकेमा कति जना लागुऔषध दुव्र्यसनीहरु छन् र ति मध्ये युवतीहरु कति छन् भन्ने आधिकारिक तथ्यांक नभएको रावलले बताए । उनले टिनएजरहरु लागुऔषध दूव्र्यसनीमा धेरै फसेको जानकारी दिँदै भने, ‘निम्न आर्थिक अवस्थादेखि सम्पन्न घरका टिनएजरहरु दुव्र्यसनीमा फसेका छन् ।’
दुव्र्यसनीमा फसेपछि त्यसबाट मुक्ती पाउनका लागि उपचार बिधि अपनाउनेमा युवाहरु धेरै छन् । युवतीहरुको संख्या अति कम छ । पुनःस्थापना केन्द्र र अन्य उपचार बिधि अपनाउने आफु दुव्र्यसनी भएको पोल खुल्ने डरका कारण युवतीहरु आउन नमान्ने गरेको रावलले बताए । उनले भने, ‘यो समस्या बढ्दै गएको छ । चाँडो समाधान गर्न सकिएन भने छोराछोरीहरु बाहिर जाँदा होस् वा स्कुल जाँदा अभिभावकसँगै जानुपर्ने अवस्था आउन सक्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१