करिना कपुरमाथि खतरा, धम्की पाएपछि बढाइयो सुरक्षा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७१, शुक्रबार ०७:०४

काठमाडौं – बलिउडकी नायिका करिना कपुरलाई कहि धार्मिक संगठनहरुले धम्की दिएका छन् । धम्कीसँगै उनको सुरक्षालाई मजबुत बनाइएको छ ।   केहि दिन पहिले विश्व हिन्दु परिषदकी योंग वुमनकी शाखा दुर्गा बाहिनीले एक अभियान लञ्च गरेर ‘लभ जिहाद’ को विरुद्ध आवाज उठाएकी थिइन् । यसका लागि उनले आफ्नो म्यागजिनको कभरमा करिना कपुरको फोटो प्रयोग गरेकी थिइन् जसमा करिनाको आधा अनुहार हिन्दु महिला र आधा अनुहारमा नकाब देखाईको थियो ।   सूत्रका अनुसार करिनाले आफ्ना व्यक्तिगत सुरक्षाकर्मीहरुलाई उक्त धम्कीको जानकारी दिइसकेकी छिन् । उनले आफ्नो बान्द्रास्थित घरमा चुस्त सुरक्षा कायम गर्नुका साथै दुईजना बडिगार्डलाई नियुक्त गरेकी छिन् । सूत्रलाई यदि मान्ने हो भने भारतमा लव जिहादमाथि चलिरहेको विवादका कारण उनी आफ्नो सुरक्षाको विषयमा निकै चिन्तित छिन् । यद्यपी उनले यो विषयमा भने केहि पनि टिप्पणी दिएकी छैनन् ।   स्मरण रहोस्, करिना र उनका श्रीमान सेफ अलि खानलाई सन् २०१२ मा उनीहरुको विवाहको दौरान ज्यान मार्ने धम्की पाएका थिए । भर्खरै उनलाई एकपटक फेरि एक धार्मिक संगठनले आफ्नो म्यागजिनमार्फत आफ्नो निशानामा राखेका छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१