दीपाश्रीको ब्यूटीपार्लर मोह, सुन्दर देखिन खर्चै खर्च

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार १८:३०

काठमाडौँ  । दीपाश्रीको ब्यूटीपार्लर मोह, सुन्दर देखिन खर्चै खर्च ४० बर्षको उमेरसम्म आइपुग्दा पनि अनुहारमा चमक देखिनुलाई हाँस्य कलाकार दीपाश्री निरौला आफ्नो ‘मेन्टेन’ भन्छिन् । उसो त उनले अझै पनि सार्वजनिक कार्यक्रममा पुग्नु अघि ब्यूटीपार्लर धाउन भने छाडेकी छैनन् ।

 महिनामा कतिपटक सम्म पार्लर जानुहुन्छ त, उनले भनिन्-‘म ३ पटकसम्म पुग्छु । तर, सार्वजनिक कार्यक्रम धेरै भयो भने पार्लर समय र खर्च दुबै बढ्छ ।’ उनले आफूलाई राम्री बनाउन मन लाग्ने खुलाइन् । महिनामा पार्लर पुगेर कती खर्च हुन्छ त ?-‘ महिनामा १० देखि १५ हजार पार्लरकै लागि खर्च हुन्छ । तर, अहिले म ‘सेरोमोनी ब्यूटी पार्लर’को ब्रान्ड एम्बेसडर भएकाले खर्च भएको छैन ।’ dipashree-photo घरमा पनि उनको मेकअपका लागि प्रशस्त सामान छन् ।
 ‘कलाकार भएकाले सार्वजनिक स्थानमा पुग्दा आफूलाई आकर्षक देखाउनै पर्ने हुन्छ, यसैले पार्लर जानु अनिवार्य जस्तै छ’, दीपाले भनिन् । दीपाले आफ्नो मोटाउँदो शरीरलाई लिएर केही चिन्ता पनि व्यक्त गरिन् । भनिन्-‘हो, मेरो अनुहारमा चमक छ तर शरीर मोटाएको छ । जाडोले गर्दा जिम जान पाएको छैन, गर्मी लागेपछि घटाउँछु ।’ उनले पार्लर पुगेर आफूले स्पा, हेयर मसाज बढी गर्ने जनाइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१