संविधान माग्दै बानेश्वरको सडकमा अर्धनग्न प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०७:२८

काठमाडौँ,४ माघ । माघ ८ को मिति नजिकिँदै जाँदा सडकमा उदेकलाग्दा दृश्य देखिन   थालेका छन् । आफैं सरकारमा बसेर जनतालाई संविधान दिन नसकेका सत्तापक्षकै नेता-कार्यकर्ता समेत संविधानको माग गर्दै सडकमा उत्रन थालेका छन् ।
 समयमै संविधान बनाउन माग गर्दै सत्तारुढ एमालेको भातृ संगठन युवा संघ सडक आन्दोलनमा उत्रिएको छ । उद्योगमन्त्री महेश बस्नेतले नेतृत्व गरेको युवा संघले शनिबार नयाँ बानेश्वरमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।
(2) माघ ८ भित्रै संविधान नबनाए ६०१ सभासदहरु नांगिने भन्दै अर्धनग्न जुलुस प्रदर्शन गरिएको युवासंघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए । विपक्षीमाथि ज्ञानेन्द्र शैलीको दमन यसैवीच कांग्रेस र एमालेले नेतृत्व गरेको लोकतान्त्रिक सरकारले ज्ञानेन्द्रकै पालामा जसरी विपक्षीहरुको प्रदर्शनमाथि लाठी चार्ज र धरपकड सुरु गरेको छ ।

शुक्रबार रत्नपार्कमा शान्तिपूर्ण सभा गरिरहेका बेला पदमसुन्दर नेतृत्वको मोर्चाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेर केहीलाई घाइते बनाएको थियो । प्रहरीको लाठी चार्जबाट मल्लके सुन्दर लगायतका नेता कार्यकर्ता घाइते बनेका थिए । आदिवासी जनजाति आन्दोलनका संयोजक तुलाधरले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न नदिने र भौतिक आक्रमण गरी अंगभंग गर्ने कार्य पञ्चायतकालमा पनि नहुने गरेको मल्लके सुन्दरले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१