सुमो पल्टिँदा पाँचको मृत्यु , सात गम्भीर घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७१, शनिबार ०५:२६

हेटौंडा -काठमाडौंबाट हेटौंडा आउँदै गरेको टाटासुमो भीमफेदी ८ जुरिखेतमा शुक्रबार अपरान्ह ४ बजे दुर्घटना हुँदा एक बालकसहित पॉच जनाको ज्यान गएको छ।  dur

ना१ज ४२७५ नम्बरको सुनौलो ताम्सालिङ सुमो सडकबाट करिब एक सय २५ मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनामा हेटौंडा-६ चौघडाका ३० बर्षीय नीराजन चौलागाई, कैलाली जिल्लाको सहनपुर-५का डम्बर राउत, मकवानपुरको छतिवनका ३५ बर्षीय योगेन्द्र घलान, ८ बर्षीया प्रतिमा घलानको घटनास्थलमा र छतिवनका २३ वर्षीय सुमन राईको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता डिएसपी दीपक थापाले बताए।
ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक अशोककुमार झाको टोलीले दुर्घटनामा घाईते ८ जनाको उद्दार गरी हेटौंडा अस्पताल ल्याएका थिए। दुर्घटनामा मकवानपुरको छतिवन बस्ने २३ बर्षीया सृजना घलान, छतिवनकी ३२ बर्षीया ईश्वरी माझी र २४ बर्षीया अञ्जु स्याङतान, ललितपुरका १० बर्षीय धावा लामा, पदमपोखरीका ३० बर्षीय नवराज थिङ, चितवनका २१ बर्षीया बर्षा रानामगर र एक जना पुरुषको नाम खुल्न नसकेको प्रहरी प्रवक्ता थापाले बताए।
 घाईतेको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको हेटौंडा अस्पतालले जनाएको छ। घाईतेमध्य ५ जनाको अवस्था गंभीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। दुर्घटनाको खबर आएपछि हेटौंडा अस्पतालमा घाईते तथा मृतकका आफन्तहरुको भीड लागेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१