कति छ सलमान,अमिताभ,शाहरुख र दीपीकाको सम्पत्ति ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ पुष २०७१, मंगलवार ०९:२२
  • बलिउडमा सबैभन्दा धनी को ?

एजेन्सी – चर्चाको हिसाबले बलिउड जति माथि छ,कमाइका हिसावले पनि यो उत्तिकै माथि छ । बलिउडका कलाकारहरुले अभिनय गरेर नै मनग्ये आम्दानी गर्ने गरेका छन् । बलिउडका कलाकारहरुको कमाइको कुरा गर्दा सबैभन्दा अग्रपंत्तीमा आउँछन्– बलिउड स्टार सलमान खान । amitabh_bachchan_salman_khan_\

यद्यपी बलिउडमा सबैभन्दा धनि कलकाकार सलमान खान हुन कि शाहरुख खान हुन् भन्ने विषयमा विवाद कायमै छ । अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले गत वर्ष शाहरुखलाई भारतकै सबैभन्दा धनी कलाकारको संज्ञा दिएको थियो । तर भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाले यसप्रति असहमति जनाउँदै शाहरुखभन्दा सलमानसँग बढी सम्पत्ति भएको भन्दै धनी कलाकारको सूचिमा सलमानलाई राखेको थियो । ‘गत वर्ष निश्चय नै शाहरु अघि थिए तर यो वर्षको अवस्था फेरिएको छ । धनी बलिउडकर्मीको सूचीमा सलमान र शाहरुखको नम्बर तलमाथि भइरहन्छ,’ टाइम्स अफ इन्डियाले लेखेको छ । उक्त पत्रिकाका अनुसार सलमानसँग करिब तीन अरब ९१ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको पत्रिकाले जनाएको छ । salman-khan-shahrukh-hugकिक,दबङ,दबङ–२ र एकथा टाइगरजस्ता फिल्म सफल भएपछि सलमानको सम्पत्ति ह्वात्तै बढेको हो । उमेरले ७० टेकेपनि अभिनेता अमिताभ बच्चनले कमाइ गर्ने सवालमा अहिलेका चल्तीका कलाकारहरुलाई पनि पछि पारेका छन् । सलमानपछि सबैभन्दा धनी बलिउडकर्मीमा उनी दरिएका छन् । कुनै बेला अमिताभ बच्चन कर्पोरेसनमा सक्रिय रहँदा उनको आर्थिक अवस्थ सुधारिनुको सट्टा खस्किएको थियो । त्यत्तिकैमा उनले टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्ने अफर पाए । त्यसयता उनले आर्थिक अभाव देख्नुपरेको छैन । अमिताभसँग करिब तीन अर्ब २४ करोड रुपैयाँ बराबरको सम्पत्ति छ । उनी चलचित्र,बिज्ञापन तथा च्यारिटीसोबाट मोटो रकम लिन्छन् । फोब्र्सले गत वर्ष शाहरु खानलाई बलिउडका सबैभन्दा धनी कलाकारको दर्जा दिए पनि यस वर्ष उनको स्थान झरेर तेस्रोमा पुुगेको छ । उनीसँग अमिताभ बच्चनकोभन्दा केही लाख रुपैयाँ मात्र कम मूल्यको सम्पत्ति छ । उनीसँग ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । उनको आम्दानीको मुख्य स्रोत अभिनय र विज्ञापन हो । क्रिकेट क्लब कलकत्ता नाइट राइडर्सका मालिकसमेत रहेका शाहरुखले यसबाट पनि आम्दानी गर्ने गरेका छन् । खिलाडी सिरिजका फिल्ममा काम गरी आरम्भमा चर्चा कमाएका अभिनेता अक्षयकुमारले सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । पछिल्लो समय उनका कमेडी फिल्म एकपछि अर्को गर्दे सफल हुन थालेपछि यसले उनको आम्दानीलाई समेत ह्वात्तै बढाएको छ । उनीसँग दुुई अर्ब ७५ करोडको सम्पत्ति छ । विज्ञापनमा कमै काम गर्ने उनको आम्दानीको मुख्य स्रोत फिल्म नै हो । फिल्म खेलेबापत लिने पारिश्रमिकबारे सोधिने प्रश्नमा निकै उत्तेजित हुने नायकि हुन् दीपिका पादुकोण । deepika6उनी सबैभन्दा बढी रकम असुल्ने बलिउड अभिनेत्रीका रुपमा चिनिन्छिन३ । उसो त पुरुष अभिनेतालाई पनि उनले बढी रकम असुलेर टक्कर दिँदै आइरहेकी छन३ । दीपिका बलिउडको पाचौं धनी कलाकार हुन३ । उनीसँग एक अर्ब सात करोड ५२ लाख रुपैयाँ सम्पत्ति छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१