चिसोका कारण एक भारतियको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार ११:२६

प्रविण टिबडेवाल

रौतहटमा जारी शितलहर र चिसोका कारण सोमवार बिहान एक यूवकको ज्यान गएको छ । अत्याधिक चिसोका कारण कठ्याग्रिएर भारतको बिहार राज्यमा पर्ने दरभंगा जिल्लाको कैला गांव निवासी ३५ बर्षिय गोबिन्द साहको मृत्यु भएको छ ।
काठमाण्डौं बाट घर जान भनेर ना २ ख ८००५ नंबरको राजधानी डिलक्स नामक रात्री बस चढी गौर आएका साहको गौरबाट टेम्पो चढी भारत तर्फ जाने क्रममा बाटैमा मृत्यु भएको टेम्पो चालकले बताए । शरीरमा जाडो छल्न पर्याप्त लुगा नभएकोले साहको चिसोले कठ्याग्रिएर ज्यान गएको जिल्ला अस्पताल गौरका चिकित्सक सुभास चौधरीले बताएका छन ।

यो संगै जिल्लामा यस बर्ष चिसोबाट मृत्यु हुनेहरुको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकले देखाएको छ । केही दिन यता तराई क्षेत्रमा अत्याधिक चिसो बढेको छ । स्थानिय प्रशासनले मानिसको भिडभाड हुने स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाए पनि दलित र गरीब बस्तीमा न्यानो कपडा र कम्बल वितरण गरी राहत उपलब्ध गराउन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१