गायक धुर्व डिवानको गीति एल्बम बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार १०:०३

योगी योगेन्द्र

संखुवासभा जिल्लाको खाँदबारी ३ गुवाबारीमा जन्मिएका गायक धुर्व डिवान यति बेला सांगीतिक यात्राको क्रममा छन्।
यात्राकै क्रममा आफनो सांगीतिक उपस्थिति भने जमाईसकेको गायक डिवानले बताए। गायक डिवानले अघिल्लो हप्ता मात्रै पहिलो गीति एल्बम अबको नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती गंगा प्रसाद उप्रेतीको हातबाट सदरमुकाम खाँदबारीमा बिमोचन गरिएको थियो ।albam bimochan

अहिलेसम्म बाह्र वटा गीत रेकड गराईसकेको गायक डिवान बताउछन्। अब गीति एल्बममा ५ वटा गीतहरु समाबेश गरिएको छ । आफनै शब्द संगीतमा तयार भएको अब गीति एल्बममा
ससुराली घर,ओठमा हासो,पुलुक्कै हेरे,जब र मारेकी छे जस्ता गीतहरु अब एल्बममा समाबेश गरिका छन् । ससुराली घर र ओठमा हासोको भने म्युजिक भिडियो समेत गरिसकेको गायक डिवानले बताए । गायकले विभिन्न स्टेज कार्यक्रमहरुमा ओठमा हासो गीत गाउने गरेका छन् । गायक डिवानले काठमाडौँ को आरआर कलेजबाट संगीत बिषयमा स्नातक पास गरिसकेका छन् । उनि सांगीतिक कार्यक्रमको सिलसिलामा विदेश जाने तयारी पनि रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१