थिएटर मलमा ‘बदर¨’ अन्तिम सातामा मञ्चन हु“दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७१, बिहीबार १४:३१

Barang-Posterकाठमाडौं । एउटा शासकले आफ्नो हावादारी कल्पनालाई सत्यमा परिणत गर्न कतिसम्म असत् कार्य र हतकण्डा अपनाउन सक्छन् ? कसैको छोरीबुहारी नभनी कति संख्यासम्म श्रीमती थुपार्न सक्छन् ? विश्व इतिहासमा यस्ता खाले घटना र प्रसंगहरु होलान् नहोलान् तर काठमाडौंमा मञ्चन भइरहेको एक नाटकमा भने यस्ता घटना र प्रसंग हेर्न पाइन्छ ।      badrang-pic
चार महिनाअघि मात्र उद्घाटन गरिएको व्यावसायिक भवनको पहिलो नाटकघर सुस्केरा–थिएटर मलको आफ्नै पहिलो प्रस्तुति नाटक ‘बदर¨’ अन्तिम सातामा मञ्चन भइरहेको छ । सुनधारास्थित काठमाडौं मलको सातौं तल्लामा रहेको थिएटर मलले यस नाटकलाई पुस ७ गतेदेखि बुधबारबाहेक हरेक दिन मञ्चन गरिरहेको छ ।badarang-2
राजवद्वारा लिखित कुनै समयको चर्चित नाटक ‘लोचनवंशको साक्ष्य’लाई ‘बदर¨’ नाम दिएर थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका हुन् । नाटकमा बदर¨ नामको देश छ, अनि नाटकको सार बद अर्थात् खराब रंगको चित्रणस“ग जोडिएकोले नाटकको नाम ‘बदर¨’ राखिएको निर्देशक बताउ“छन् ।badarang-4
काल्पनिक मिथकिय शैलीबाट प्रस्तुत गर्दै नाटकले वर्तमान राज्यव्यवस्था तथा समकालिन राजनीतिलाई समेत व्यङ्ग्य प्रहार गरेको छ । शासक हास्यास्पद चिन्तन र क्रुरतालाई पश्रय दिइरहेका चाटुकारहरुजस्ता पात्र रहेका नाटकलाई रमाइलो ढंगमा प्रस्तुत गरिएको छ । नाटक धेरै अघि लेखिएपनि अहिले पनि नाटकको मर्म उत्तिकै सान्दर्भिक रहेको अमेरिका रह“दै आएका नाटककार राजवले बताएका छन् । badarang-5
ग्रामिण परिवेश र दरबारिया परिवेशलाई कलात्मक तवरमा संयोजन गरिएको ‘बदर¨’ले दर्शकलाई पेट मिचिमिचि हा“स्न बाध्य पार्दै आफू बा“चिरहेको समयप्रति समेत गम्भीर बनाउ“छ । काल्पनिक तर लोककथाजस्तो लाग्ने कलावस्तुलाई निर्देशक श्रेष्ठले ‘क्लासिकल’ तथा ‘मोर्डन’बीच ‘फ्यूजन’ गरेर निर्देशन गरेका छन् । उनले भने, ‘मिथकिय शैलीको कथ्यलाई काल्पनिकता कायम राख्न अभिनय, भेषभुषा, संगीत लगायतमा परम्परागत र आधुनिकताको मिश्रण गरेका हौं ।’badarang-1
सञ्जिता सञ्जीले परिकल्पना गरेको नाटकको भेषभुषामा दरबारको दृश्यमा परम्परागत देखिने पोशाक र जिन्सको पाइन्टलाई मिश्रण गरिएको छ । त्यस्तै अभय महर्जन र रितेश महर्जनको रंग रमूहले संयोजन गरेको प्रत्यक्ष संगीतमा समेत सितार र गितार, तबला र पर्कर्शनलाई मिश्रण गरिएको देख्न सकिन्छ ।
नाटकमा रमेश श्रेष्ठ, बासुदेव खनाल, आकाश मगर, मानसराज, अभय बराल, सञ्जिता सञ्जी, टंक टाइगर, प्रदीप भण्डारी, अनोज पाण्डे, विभु पौडेल, जिवय ताम्राकार, सबीर चुरौटे, ममता लामिछाने, आपी आचार्य, निशान अधिकारी र अशोक राईको अभिनय रहेको छ । त्यस्तै निर्देशक श्रेष्ठलाई सहायक निर्देशकका रुपमा सुदाम सिकेले सघाएका छन् ।
नया“ नाटकघर भएपनि दर्शकहरुको राम्रो साथ पाएको नाटकका कलाकार आकाश मगरले बताए । अहिलेसम्म १५ पटक मञ्चन गरिसकेको नाटककमा दर्शकको संख्या अन्तिम साता अझ बढी हुने उनको विश्वास छ । १ घढटा ५ मिनेटको यस नाटक यही पुस २९ गतेसम्म हरेक दिन सा“झ ४ः४५ बजे मञ्चन हुनेछ ।badarang-7
औसत आकारको नाटकघरमा होम विसी, सुरेश कार्की र सागर विसीको सेट निर्माणले चिटिक्क तुल्याएको छ । नाटकको अर्को महत्वपूर्ण पाटो प्रकाश संयोजनमा केही कमजोरी हो कि भन्ने भान दर्शकलाई हुनसक्छ । यसबारे निर्देशक भन्छन्, ‘आर्थिक अभावका कारण हामीले नाटकको प्रकाश परिकल्पनामा सहज पु¥याउने गरी पर्याप्त लाइटहरु जुटाउन सकेनौं । भएका दर्जन जति लाइटलाई सकेजति सुन्दर रुपमा प्रयोग गरेका हौं । लाइटहरु अझै थप्न पाएको भए भन्ने चाहि“ लागिरहन्छ ।’
यसअघि अन्य नाट्य समूहको तीन नाटक प्रस्तुत गरिसकेको थिएटर मलले आफ्नो पहिलो प्रस्तुतिमा नै फरक स्वाद दिएको दर्शकहरुको प्रतिक्रिया छ । थिएटर मलले अर्को नाटकको समेत छिट्टै तयारी थाल्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१