ऐश्वर्याबाट किन टाढा भाग्छन् आमिर खान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७१, शनिबार २०:३५

केही समय अघि बलिउडमा चर्चा चल्यो कि करण जौहरको नयाँ चलचित्रमा आमिर खान र ऐश्वर्या राय बच्चनको अभिनय हुने छ ।

तर यो फिल्ममा खेल्न आमिरले अस्वीकार गरे ।आमिरलाई पटक पटक भेटेर आफ्नो चलचित्र खेल्न आग्रह गरेका करण जौहरले आमिरलाई मनाएको कुरा पनि सुनिएको थियो । अहिले यो चलचित्रको चर्चा नै हराएको छ ।
आमिरले यो चलचित्र खेल्न नमान्नुको कारण ऐश्वर्या राय भएको बताइएको छ । सलमान खानसँग निक्कै राम्रो सम्बन्ध रहेका आमिर खानले सलमानकी पूर्व प्रेमिका ऐश्वर्यासँग अभिनय गर्न नमान्ने गरेको बताइन्छ।
यद्यपी पछिल्लो फिल्ममा आमिरले किन अभिनय गर्न नमानेका हुन् भन्ने विषयमा आमिर र करणले केही बोलेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१