भुवन केसी र जीया लिभिङ टुगेदरमा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ११:१०

काठमाडौं ।  नायक भुवन केसी र नायिका जीया केसीको प्रेम चर्चा केवल मिडिया स्टन्ट र गसिपको बिषय रहेन् । कुनैबेला जियाले आफु ‘भुवनसँग बिबाह गर्न तयार रहेको’ बताउँदा त्यसलाई मजाकका रुपमा लिइएको थियो ।

 भुवनले पनि ‘जिया मेरो फ्यान भएकाले मन पराउँछु भनिन् होला’ भन्दै टारिदिए । जीया र भुवनलाई थुप्रै पटक एकसाथ सार्वजनिक कार्यक्रममा देखिए पनि प्रेम सम्बन्धबारे स्वीकार गरेका छैनन् । छोरा अनमोल अभिनित फिल्म ‘जेरी’ हेर्न आउँदा पनि जिया भुवनकै पत्नीझैं साथमा थिइन् । जीयाले भने भुवनलाई एक्लो देख्न नसकेर माया गरेको र बिहे गर्न पनि तयार रहेको बताउँदै आएकी छिन् ।
तर, भित्रभित्रै उनीहरुवीचको प्रेम यति गहिरो बन्दै गइरहेको छ कि जियाले भुवनकै घरमा अड्डा जमाउन थालेकी छिन् । तर, बिश्वस्त सूत्रहरुका अनुसार भूवन केसी र जीया केसी लामो समयदेखि ‘लिभिङ टूगेदर’मा छन् । भुवनको घरमा जीया केसीलाई धेरै पटक देखेको केही चलचित्रकर्मी बताउँछन् । भुवनसँग निकट भएपछि जीया अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् ।
 तर, एक्ला भूवन केसीलाई जीयाले उनकै घरमा बसेर साथ दिइरहेकी छिन् । लिभिङ टुगेदरको कुरालाई दुबैले अस्विकार गर्दै आएका छन् । तर, भुवन केसीको घरमा काम विशेषले पुग्ने चलचित्रकर्मीले जीयालाई पनि कैयौंपटक भेटेको बताउँछन् । भुवन र जीयाको यो लुकिछिपी प्रेमले कहिले औपचारिकता पाउला त ? जीयाले भुवनसँग बिहे गर्ने चाहना सार्वजनिकरुपमै राखे पनि भुवनले भने अहिलेसम्म हरियो बत्ति बालिसकेका छैनन् । यसबारे उनले सार्वजनिकरुपमा केही टिप्पणी गरेका पनि छैनन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१