आमिरको ‘पीके’ पछि अब सलमानको ‘बजरंगी भाइजान’ माथि बबाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०४:४१

नयाँ दिल्ली – भारत भरि हिन्दु संगठनद्वारा आमिरको फिल्म ‘पीके’ माथि गरिएको बबाल पछि अब सलमानको फिल्म ‘बजरंगी भाइजान’ विरुद्ध पनि हिन्दु संगठन उत्रेको छ ।

 हिन्दु संगठनले सलमानको फिल्मको बिरोध गर्दै सलमान खानको फिल्मले ‘लभ जेहाद’लाई बढावा दिएको दाबी गरेको छ । लभ जेहाद एउटा त्यस्तो कार्य हो जसमा मुस्लिम युवकहरुले गैर मुस्लिम महिलालाई प्रेममा पारेर इस्लाम धर्ममा परिवर्तन गर्ने गर्दछन् ।
 यसका साथसाथै यो संगठनले सलमानको फिल्मको नाम नै गलत भएको बताएको छ । उनीहरुका अनुसार बजरंगी भगवान हनुमानसँग जोडिएको शब्द हो, जबकी भाइजान मुस्लिम शब्द हो । उक्त संगठनले यस्तो फिल्म बनाउने निर्देशक र यसमा काम गर्ने कलाकारहरु विरुद्ध देशविरुद्ध षड्यन्त्र रचेको र हिंसा भड्काएको आरोपमा मुद्दा दर्ता गर्नुपर्ने केन्द्र सरकारसँग माग गरेको छ ।
 स्मरण रहोस्, सलमानको यो फिल्म कबिर खानले निर्देशन गरिरहेका छन् जसमा सलमानसँगै करिना कपुर पनि काम गरिरहेकी छिन् ।
यो फिल्म जुलाईसम्ममा रिलिज हुने बताएको छ । हिन्दु क्रान्ति दल देहाती इकाईले आमिर खानको फिल्म ‘पीके’ को विरुद्ध बहादुरगढमा विरोध प्रदर्शन गर्दै नाराबाजी गरेको छ । यसका साथसाथै फिल्म र सेन्सर बोर्डका अध्यक्ष लीला स्यामसनको पुतला पनि दहन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१