सवैभन्दा महंगा हिरोइनहरु जसले करोडौं पारिश्रमिक लिन्छन् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७१, मंगलवार ०५:३०

फिल्म एवं विज्ञापनमा काम गरे वापत हिरोइनले लिने पारिश्रमिकले पनि उनीहरुको स्तर निर्धारण गर्ने गर्छ । जतिधेरै पारिश्रमिक लियो त्यति नै प्रतिष्ठा हाँसिल हुने मान्यताका कारण पनि विश्वभरका हिरोइनले आफुले लिएको पारिश्रमिकको अंक लुकाउँदैनन् । बलिउडदेखि हलिउडसम्मका केही हिरोइनको कमाइवारे ‘टाइम्स अफ इण्डिया’ले संकलन गरेका केही तथ्य :dipikaa

दीपिका पादुकोण-नौ करोड:

दीपिका पादुकोण अहिले बलिउडकी सबै भन्दा महंगी हिरोइन हुन् । उनले अभिनय गरेको फिल्म ‘ह्याप्पी न्यु इयर’ ले बक्स अफिसमा धुम मच्चाएको थियो । अहिले दीपिका एउटा फिल्ममा काम गरे वापत ८ देखि ९ करोड भारु पारिश्रमिक लिन्छिन् ।kARINA

करिना कपुर-साढे आठ करोड:

करिना कपुर पनि महंगी कलाकार मध्ये एक हुन् । पछिल्लो समय करिना अभिनित फिल्मले खासै कमाल गर्न सकेको छैनन् । तर, पनि बजारमा उनको प्रभाव कायमै छ । सैफ अलि खानसँग बिबाह गरेकी करिनाले ८ देखि ८.५ करोड भारु लिने गरकी छिन् ।pirinka

प्रियंका चोपडा- ८ करोड :

पूर्व मिस वर्ल्डसमेत रहेकी पि्रयंका चोपडा पनि बलिउडमा धेरै पारिश्रमिक लिनेमध्ये पर्छिन् । पछिल्लोपटक ‘मेरी कोम’ मा काम गरेपछि निकै चर्चा पाइन् पि्रयंका चोपडाले । पि्रयंकाले अहिले एउटा चलचित्रमा काम गरे वापत ८ करोड पारिश्रमिक लिने गरेकी छिन् ।keri

केरी वासिङटन- ६० लाख डलर:

हलिउड अभिनेतृ केरी वासिङटनले एउटा चलचित्रमा काम गरेवापत ६० लाख डलर पारिश्रमिक लिने गरेकी छिन् । गत वर्ष मात्रै उनले आफ्नो पारिश्रमिक दोब्बर बनाएकी थिइन् ।kobi

कोबी स्मल्डर्स- १ करोड डलर :

कोबी स्मल्डर्स अहिले पनि एउटा फिल्ममा काम गरेको १० मिलियन डलर लिन्छिन् । गएको वर्ष उनको लागि निकै लक्कि साबित भयो । सिबीएस सिटकमको पछिल्लो एपीसोडमा काम गरेवापत उनले प्रति एपीसोड तीन लाख ४० हजार डलर लिएकी थिइन् ।

आम्दानी बढेको बढ्यै :

ओइ डेश्चाल पनि हलिउडकी महंगी कलाकार हुन् । उनि एउटा फिल्ममा काम गरे वापत ६ मिलियन डलर लिन्छिन् ।कर्टनी कक्सले पनि ६० लाख डलरकै हाराहारीमा पारिश्रमिक लिने गरेकी छिन् । गएको वर्ष राम्रै कमाइ गरेकी कर्टनीको कुल आम्दानी हरेक वर्ष बढ्ने गरेको छ । गएको वर्ष खासै राम्रो काम गर्न सकिनन् क्लेयर डेन्सले । तर, उनले प्रति फिल्म ५० लाख डलरको हाराहारीमा रकम लिंदै आएकी छिन् ।

एक एपीसोडको तीनलाख डलर :

एलीसन हंगीशन पनि एउटा फिल्ममा काम गरेवापत ९५ लाख डलरसम्म पारिश्रमिक लिन्छिन् । एजआइएमवाईएम को नवौ श्रृङ्खलामा काम गर्दा उनले प्रति एपीसोड तीनलाख ४० हजार डलर लिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१