हिन्दु राष्ट्रको पक्षमा मानव सागर उर्लिएको कमल थापाको दाबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७१, सोमबार ०६:०५

नेपालगञ्ज,१४ पौष  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाले सनातन हिन्दु राष्ट्र घोषणा नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।

मेचीकाली पशुपतिनाथ संकल्प रथ यात्रा अन्तरगत नेपालगञ्जको त्रिभूवनचोकमा भएको सभामा उनले मुलुक हिन्दु राष्ट्रमय भइसकेको र संविधानसभाबाट अनुमोदन मात्रै हुन बाँकी रहेको बताए ।

‘हामीले रथ यात्रा थालेदेखि नै देशका विभिन्न ठाँउहरुमा लाखौंको संख्यामा स्वस्फूर्त मानिसहरु बाटोमा निस्केर स्वागत मात्र होइन, हाम्रो अभियानमा पनि समावेश भएर हिँडे’ हिन्दु राष्ट्रको माग गर्दै मानव सागर उर्लिएको दाबी गर्दै उनले भने-‘ यसको कदर गर्दै संविधानसभाबाटै अनुमोदन गरिनुपर्छ । नभए त्यतिकै छाड्ने छैनौं ।’

उनले विश्वको एक मात्र हिन्दू राष्ट्रको पहिचनालाई समाप्त पार्न खेल खेल्नेहरुलाई त्यतिकै नछोड्ने बताए । उनले भने-‘ हामी झण्डै ९४ प्रतिशत ओमकार परिवार छौं । त्यसमा पनि मुसलमानहरु पनि हामीहरुसँगै सहभागि हुँदा ९७ प्रतिशत पुग्छ । अब नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नको लागि कसले रोकेको छ ।’
पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने काम भइरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१