बाबा रामदेवले गरे आमिर खानलाई पक्राउ गर्न माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७१, सोमबार ०५:११

भारतीय बाबा रामदेवले आमिर खानको पछिल्लो चलचित्र पीकेमाथि प्रतिबन्ध लगाउन र आमिर खानलाई पक्राउ गर्न माग गरेका छन् ।

राजकुमार हिरानको चलचित्र पीकेले हिन्दु भावनामाथि ठेस पुर्‍याएको भन्दै आमिर खान लगायतलाई पक्राउ गर्न माग गरेका हुन् । यस अघि नै भारतका अन्य हिन्दु धर्मगुरुहरुले पनि पीकेलाई प्रतिबन्ध लगाउन माग गरिसकेका छन् ।हिन्दु मात्र नभएर मुस्लिम धर्मगुरुले समेत यो चलचित्रमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।विभिन्न हिन्दु संगठनले समेत यो चलचित्रमा प्रतिबन्ध लगाउन र निर्देशकलाई पक्राउ गर्न माग गरेका छन् । हिन्दुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । आमिर खानले रक्सीको बोत्तल लिएर धार्मिक स्थलमा गएको भन्दै उनीहरुले यस्तो दृष्य हटाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१