सत्मार्ग प्रशिक्षणमा बृद्ध बृद्धाको घुइचो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०४:४६

7 (1)दिनेश ठाकुर / नेपालगञ्ज, १३ पौष । सत्मार्ग अभियान नेपालले सत्मार्ग अभियान प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सूरु गरेको छ । धम्बोजी वाटरपार्कको शिवशङकर पार्वतीदेवि धर्मशाला प्राङगणमा पुस १३ गतेसम्म कार्यक्रम चल्ने भएको छ । राष्ट्र–राष्ट्रियता, संस्कृति, परम्परा, सभ्यता, धर्म–दर्शन, मौलिकता लगायत स्वास्थ्य, शिक्षा, शारीरिक र मानसिक विषयमा कार्यक्रममा प्रशिक्षण चल्ने छ । देशव्यापी अभियानका रुपमा पहिलो पटक नेपालगन्जमा सूरु भएको प्रशिक्षणमा सत्मार्ग अभियानका राष्ट्रिय महासचिव खेमनाथ आचार्य,सत्मार्ग अभियान नेपाल राष्ट्रिय केन्द्रिय सदस्य, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाली का“ग्रेसका पूर्व सभासद् डा. मिठाराम विश्वकर्मा धम्बोझी उच्च माध्यािाम विद्यालयका प्र.अ . किरण आचार्यले शिक्षा धार्मिक तथा दलित आदिवासी लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । सत्मार्ग अभियान नेपाल बाँकेका अध्यक्ष खेमलाल डाँगीले धर्म रितिरिवाज परम्परा राख्नुपर्छ । हाम्रो देश नेपालमा सबै भगवानहरु रहेका छन् । विषयमा विभिन्न विषयमा प्रशिक्षण दिनु भयो । ध्यात्मका वैज्ञानिक,सत्मार्ग अभियान नेपालका केन्द्रिय सदस्य, क्षेत्रिय संयोजक गोविन्द पहाडीले बताएका थिए । करिब ५ सय जनाको सहभागिता रहेको थियो । विद्यार्थी, वुद्धजिवी, धार्मिक लगायतका जनसमुदायको उपस्थिथि थियो । विहान पाँच बजेदेखि राती दश बजेसम्म प्रशिक्षण सञ्चालन हुने छ भन्ने कुरा संयोजक पहाडीले बताएका थिए । भोलि बिहान ११ः०० बजे समाप हुने कार्यक्रम रहेको पहाडीले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१