घिमिरेबन्धु पुर्नमिलन तथा बनभोज कार्यक्रमका बिच दश बुदे घोषणपत्र जारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०४:२६

download (22)

सृजना घिमिरे /भद्रपुर, १३ पौष । घिमिरे बन्धु कल्याण परिषद पूर्वाञ्चल समन्वय समिति विराटनगरले आज एक कार्यक्रमका बिच दश बुदे घोषणपत्र जारी गरेको छ ।

परिषदले इलामको कन्याममा सनिबार आयोजित घिमिरेबन्धु पुर्नमिलन तथा बनभोज कार्यक्रमको अवसर पारेर दश बुदे घोषण पत्र जारी गरेको हो ।

जारी गरिएको दश बुदे घोषणपत्रमा इन्भेस्टमेन्ट बैंक स्थापना गर्ने, हुने खाने घिमिरेले निम्नस्तरका घिमिरेहरुको जीवनस्तर सुदार्न व्यवसाय सुरु गर्ने,रोजगारीको अवसर प्रदान गर्ने, सबै घिमिरेहरुलाई एउटी बनाई रास्ट्रिय प्रतिष्ठान बनाउने, औसीमा गाई पुज्ने र नपुज्ने दुबैलाई एकै बनाउने उल्लेख गरिएको छ । साथै सोही कार्यक्रममा डिल्ली घिमिरेको अध्यक्षतामा ११ सदस्यीय सहितको मेची अञ्चल घिमिरे बन्धु समन्वय समिति समेत गठन गरिएको बताइएको छ ।

परिषदका पूर्वाञ्चल समन्वय समितिका अध्यक्ष हेम चन्द्र घिमिरेको सभापतित्वमा तथा अग्रज व्यक्तित्व ठूलोकपिल मुनि घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अलैची ब्यवासायी महासंघका अध्यक्ष राजेन्द्र घिमिरे, परिषद् झापाका उपाध्यक्ष बुद्धि घिमिरे, डिल्ली घिमिरे, ज्ञानेन्द्र घिमिरे, लगायतले बोलेका थिए । पूर्वाञ्चलभरीका ४ सय बढी घिमिरेबन्धुहरुको सहभागिता रहेको सो कार्यक्रममा स्वागत मन्तब्य योगेन्द्र घिमिरेले राखेका थिए भने  कार्यक्रमको सञ्चालन मोहन घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१