नगर स्तरीय सरसफाई सम्मेलन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७१, शनिबार ०७:०९

sarsfai1

एस.पी.गौरब,सिरहा १२  पौष ।
सिरहाको मिर्चैयामा शुक्रबार नगर स्तरीय सरसफाइ सम्मेलन सम्पन्न भएको छ । २०१५ सम्ममा मिर्चैया नगरपालिकालाई खुल्ला दिशा मुक्त धोषणा गर्ने लक्ष्य अनुरुप मिर्चैया नगरपालिकालाई सरसफाइ नगरपालीका बनाउन कार्यक्रमलाई तिब्रता दिईएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सभासद् धर्मनाथ प्रसाद साहको प्रमुख अतिथ्यता र दलित जनजाति पार्टीका केन्द्रिय अध्यक्ष बिश्बेन्द्र पासबानको विशेष अतिथ्यता तथा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत तथा एम.वास.सिसीका अध्यक्ष इन्द्रदेब यादबको अध्यक्षतामा सरसफाइ सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा सिरहाका स्थानीय विकास अधिकारी गणेश कुमार अधिकारी,नेपाल प्रहरीका एस.पी.रामकृपाल साह,नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देव कुमार यादव, खुल्ला दिसा मुक्त अभियानका फिल्ड संयोजक गोबिन्द बहादुर कार्की , श्री मोहन उच्च मा.वी.का प्रधानाध्यापक रामवृक्ष ठाकुर ईलाका प्रहरी कार्यलय मिर्चैयाका ईनिस्पेक्ट हरी खतिवाड, शसस्त्र प्रहरी वेश क्याम मिर्चैयाका ईनिस्पेक्ट उपेन्द्र मंडल, मानव अधिकार र विकास केन्द्रका अध्यक्ष जिवछ साह , खाने पानी तथा स्वास्थ्यता समन्वाय समितीका प्रतिनीधीहरु स्थानियबासीहरु, विभिन्न राजनितिक दलका प्रतिनीधीहरु, समाजका बुद्धिजिबिहरु, विभिन्न सरकारी तथा नीजी विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, विभिन्न तह र तप्काका सञ्चारकार्मीहरु लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । विभिन्न सरकारी तथा नीजी विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुले सम्म्ोलन सुरु हुनु भन्दा पहिला मिर्चैया नगरपालीकाको प्रांगणबाट एक घर एक चर्पी मिर्चैया नगरपालीकाको सान , खुल्ला दिसा मुक्त नगरपालीका हाम्रो अभियान भन्ने नाराका साथ र्यालीले नगरपालीकाका विभिन्न स्थानको परिक्रमा गरि मोहन उ.मा.वि.को प्रांगणमा अथवा नगर स्तरीय सरसफाई सम्मेलनको कार्यक्रम स्थलमा पुगेको थियो । दिप प्रज्ज्वलन गरि कार्यक्रमका प्रमुख अतिथी साहले कार्यक्रमको उद्घाटनले गरेका थिए । कार्यक्रममा मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत यादवले नगर स्तरीय सरसफाई सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले आफ्नो, आफ्नो घरमा चर्पी बनाउने प्रतिबद्धता जनाए पश्चात कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१