क्रिसमस मनाउन गएका किशोरको जलेर ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार १२:४२

download

धरान । धरान–१२ का १५ वर्षीय सुरेश लिम्बू बुवा गुन्जलाल र आमासँगै बिहीबार रमाईलो गर्दै काकाको घर मोरङको लेटाङ–भोगटेनीमा क्रिसमस मनाउन पुगे ।

क्रिसमसको रमरझममा रुझेका उनीसँगै परिवारका सदस्यले रमाईलो गरेर दिन बिताए । बुवाआमासँगै काकाको घर पुगेका बिहीबारको क्रिसमसको रमाईलो जीवनकै अन्तिम बन्न पुग्यो ।

क्रिसमस मनाएर सुतेका उनी ओछ्यानबाट बुवाआमालाई छाडेर संसारबाटै विदा भए । बिहीबार राती १२ बजे भएको आगलागीमा परेर सुरेशको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी ठूले राईले बताए ।

लेटाङ–भोगटेनी ११ का लिम्बूको घरमा अचानक आगलागी हुँदा भतिज सुरेशको घटनास्थलमै मृत्यु भएको राईको भनाइ छ । ‘विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ’, एसपी राईले भने, ‘तर करण भने पुष्टि भने भइसकेको छैन, पीडित परिवारले दिएको आधारमा विद्युत सर्ट भएको आशंका गरिएको हो ।’

‘घरमा वायरिङ गरिएको विद्युतको एउटा प्लग विग्रिएको थियो’, ज्ञानवबहादुरले भने, ‘त्यहाँबाट करेन्टको झड्का दिइरहन्थ्यो ।’

त्यही प्लगबाट निस्किएको करेन्टका कारण विद्युत सर्ट आगलागी भएको हुन सक्ने लिम्बूको भनाइ छ । मृतक सुरेशका बुवा गुन्जलालले क्रिसमस मनाएर रमाईलो गर्न भाइको घरमा जाँदा छोरो गुमाउनु परेको पीडा सुनाए ।

‘आगोले भाइको घरपनि खरानी भयो । मेरो छोरो आगोले डढेर कहिल्यै नफर्किने गरी गयो’, गुन्जलाले भने, ‘छोरो लिएर श्रीमान श्रीमती आएका थियौं, अव हामी मात्रै कसरी घर फर्केर जानु ।’

प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायव निरीक्षक बविन्द्र नेम्वाङ्ले जनाए ।

आगलागीमा परेर सुरेशसँगै सुतेका ज्ञानबहादुरका छोरा १४ वर्षीय शुसील लिम्बू सामान्य घाइते भएका छन् । आगलागीबाट एकतले घर पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब छ लाख रुपैयाँ बराबरको क्षति समेत भएको प्रनानि नेम्वाङ्ले बताए । घरका अन्य सदस्यहरु भने भागेर बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१