जितपुरे बजारको आगो नियन्त्रणमा, तीन घर नष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार ०९:३२

dc1f3439b18754157e6d190d309b4b4f

इलाम । काठैकाठका धेरै घर रहेको पश्चिमी इलामको जितपुर गाविस–१ स्थित जितपुरे बजारमा लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको छ। साँझ ८ बजेतिर सुरु भएको आगलागीले अहिलेसम्म बजारका तीन जलेका छन्। आगो निभाउने स्थानीयको प्रयास असफल ती घर जलेर नष्ट भएका हुन्।

स्थानीयले दिएको जानकारीअनुसार, कर्ण मगरको घरबाट फैलिएको आगोले उनको घर पुरै जलिसकेको छ। तीन तले घरमा फैलिएको आगो नियन्त्रणमा ल्याउन गाउँलेले गरेको प्रयास असफल हुँदा त्यहाँभित्रका धेरैजसो सामान जलेका छन्। भुईंतलाका सीमित सामग्रीमात्र आगोबाट बचाइएको छ।
मगरको घरसँगै रहेको रामबहादुर तामाङको घर पनि आगलागीले जलेको छ। रातको समयमा फैलिएको आगो निभाउन आसपासका वासिन्दा घटनामा भेला हुनेक्रम जारी रहे पनि प्रयास असफल भएको स्थानीय सुजिता केसीले बताइन्। त्यहींका दिलमाया तामाङको घरसमेत आगलागीबाट जलेको छ।
‘खाना खाँदै गर्दा बजारमा आगो फैलिएको देखियो’ केसीले सुनाइन्, ‘पानी छम्केर निभाउन गरेको प्रयास सफल भएन।’ आगलागीकोे कारण खुल्न सकेको छैन भने थप क्षति हुन नदिन केही घर भत्काइएको उनले बताइन्। घटनास्थलमा मंगलबारेस्थित इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो।
हावा चलिरहेका कारण आगो तुरुन्तै नियन्त्रणमा ल्याउन नसकिएको घटनास्थल पुगेको प्रहरी टोलीले जनाएको छ। थप क्षति हुन नदिन मंगलबारे–जितपुर क्षेत्रको विद्युत आपूर्ति बन्द गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१