रौतहटमा चार बर्षिया बालिका बलात्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ पुष २०७१, मंगलवार १०:४०

प्रविण अग्रवाल

download (1)

रौतहट ८ पुस। रौतहटको चन्द्रपुर ९ मा चार बर्षिय एक बालिकाको साथमा बलात्कारको घटना घटेको समाचार प्राप्त भएको छ ।
चन्द्रपुर ९ कि चार बर्षिया बालिका लाइ ल्लाई फकाई एक युवकले सोमवार अबेर सांझ बलत्कार गरेका छन ।
रौतहटको चन्द्रपुर नगरपालिका ९ घर भएकी उक्त वालिका लाइ सोही गाउका १८ बर्षिय श्याम सहनीले वालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पिडितका परिवारजनले जनाएको छ ।
घरमा कोहि नभएको मौका छोेपेर वालिकालाइ फकाइ बलात्कार गरेको आरोपमा स्थानिय प्रहरीले बलात्कारको घटना घटाउने युवक सहनीलाइ पक्राउ गरेको छ ।
वालिकाको स्वास्थ्य परिक्षण गर्दा योनी बाट रगत बगेको पाइएको र आफुले ति वालिका लाइ करणी गरेको पक्राउ परेका युवक सहनीले प्रहरी समक्ष स्विकारेको प्रहरी चौकी पौराइका इन्चार्ज प्रहरी साहयक निरिक्षक बिशाल बानियाले जानकारी दिए ।
पक्राउ परेका युवकको स्वास्थ्य परिक्षण गरी थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ भने स्थानियले दोषि सहनी लाई कडा कारवाही गर्न सम्बन्धित निकाय संग मांग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१