हिमाली भेगमा हिउँ पर्यो , चिसाले जनजिवन प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार ०७:५६
hiu
योगी योगेन्द्र/  संखुवासभा,२९ मङ्सिर । पश्चिमी वायुको प्रभावका कारण मौसममा बदलाव आइ आज संखुवासभा लगायत  देशभर वर्षा भइरहेको छ । वर्षासँगै चिसोको मात्रा ह्वात्तै बढेपछि देशभरको जनजीवन प्रभावित बनेको छ । अरब सागरबाट पाकिस्तान, जम्बु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसममा बदलाव आई विभिन्न स्थानमा पानी परेको हो । उच्च हिमाली भेगमा हिउपातसँगै चिसोले यहाँका जनजीवन प्रभावित बनेको छ । आकाशमा घाम समेत देखिएको छैन् । चिसोले हिमाली क्षेत्रमा पर्ने किमाथांका लगायतका ठाउँहरु मा आज बिहानै देखि निकै चिसो बढेको छ। मौसममा बदली भई पानीसमेत पर्ने हुनाले केही दिन तापक्रम घट्ने र देशभर चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेसँगै  संखुवासभा जिल्लाको जनजीवन प्रभावित भएको छ । कतिपय मानिसहरु आगो ताप्न व्यस्त छन् देखिन्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१