एकतर्फी प्रेममा परेर रितुको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ०९:३४

image

 

 

 

 

 

काठमाडौं,२६  मंसिर । पाँच वर्षदेखि एकतर्फी प्रेम गर्दै आएका युवकले रितु महासेठको हत्या गरेको स्वीकारेका छन् । धनुषामा पहिला महासेठकै घरमा ट्याक्टर चलाउने विमलेशप्रसाद यादबले आफ्नो प्रेम अस्वीकार गरेको भन्दै छुरा हानेको बयान दिएका छन् ।

घटनाको चार दिनपछि प्रहरीले यादवलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले उनलाई बालाजुस्थित साथीको डेराबाट पक्राउ गरेको हो । पक्राउपछि उनले आफ्नो प्रेमलाई अस्वीकार गरेकाले हत्या गरेको बताएका छन् ।

शनिबार बिहान सवा ११ बजे साथीको बिहेमा जान होस्टेलबाट निस्किएलगत्तै महासेठमाथि अन्धाधुन्ध छुरा प्रहार भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१