फेसबुक मार्फत मन्दिर पुर्ननिर्माण गर्न आर्थिक संकलन अभियान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार १२:१२

भोला लामिछाने , यूरोप ।
बाग्लुंग ,२६ मङ्सिर । पुर्ब बिद्यार्थीलाई फेसबुक मार्फत जुटाएर आफुले अध्ययन गरेको विद्यालयमा इलाइव्रेरी संचालन गरेका सोम सापकोटाले यसरि नई मन्दिर पुर्ननिर्माण गर्न आर्थिक अभियान सुरु गरेका छन् । q2

बाग्लुंग जिल्लाको मल्म गा.बि. स. घर भई बिगत लामो समय देखि डेनमार्क मा बसोबास गर्दै आएका गैर आवासीय नेपाली संघ युरोपका उपसंयोक सोम सापकोटाले आफ्नो समाज, गाउँ ,टोल बाट बिभिन्न मुलुकमा पुगेका युवालाई फेसबुक मार्फत जुटाएर मन्दिर निर्माणका लागि आर्थिक संकलन गरिरहेका छन् । बाग्लुंग, मल्म १, छिस दरबारमा २०३३ सालमा स्थापित श्री लक्ष्मी नारायण मन्दिर हाल जिर्ण भैसकेकोले पुन; निर्वाणको लागि आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
केहि महिना अघि गाउँ गएको बेला मन्दिर ब्यबस्थापन समितीले पुन; निर्वाणको लागि अनुरोध गरिएको र मन्दिर जिर्ण देखेपछि आफुले यो अभियान चलाएको सापकोटाले बताए ।
हाल सम्म सापकोटाको पहलमा लाख ६. लाख रुपैयाँ संकलन भएको छ ।
सापकोटाले भने सामाजिक संजाल फेसबुक मार्फत विदेशमा रहेका साथीहरुले सामुहिक अभियान चलाएका छौँ ।सो अभियानमा पोर्चुगलमा जीवन सापकोटा,अमेरिकामा रामकृष्ण सापकोटा र अर्जुन सापकोटा,बेलायतमा रेशम
बुढाथोकी, कृष्ण खरेल र विष्णु सापकोटा,क्यानाडामा मनिस खरेल र अस्ट्रेलियामा कमल सापकोटा,जापानमा बाबु सापकोटा, रामु के.सी, डिलाराम सापकोटा, योगेश सापकोटाले अभियान संचालन
गरिरहेको बताए । उनको यो अभियानले मन्दिर ब्यबस्थापन समिती खुसी भयको र मन्दिर पुर्ननिर्मान गर्ने अभियानमा आफुहरु पनि जागरुक हुने स्थानिय बासीहरु ले बताए । सोम सापकोटाले केहि महिना अधि यसरि नई फेसबुक अभियान मार्फत जनजागृती उच्च मावि काँडेबास ,बाग्लुंग का लागि २३ लाख र लक्ष्मी मा . बि .भरतपुर ६ लंकु चितवनका लागि १७ लाख सहयोग संकलन गरेर विद्युतीय पुस्तकालय संचालन गरेका छन् ।q

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१