अख्तियारकै कर्मचारीको पनि छानबिन गर्छौं :प्रवक्ता सापकोटा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार ०६:४७

anti crruption prg 2014भरतराज उप्रेती / काठमाडौं,२५ मङ्सिर ।  भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ को अवसरमा नेपालमा पनि सु–सासनको कामना गर्दै  “भ्रष्टाचारको साङ्गलो तोड्औं” भन्ने मुल नाराका साथ मनाइयो । यसै शिलशिलामा सुसासन तथा सामाजिक क्षेत्रमा लामो समय देखी कार्यरत प्रो पब्लिक, असल शासन क्लव महासंघले संयुक्त अन्र्तक्रिया कार्यक्रम रिपोर्टस क्लवमा सम्पन्न गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाले भ्रष्टाचार विरुद्धको अभियानमा अन्यत्रजस्तै आवश्यकता  परे आफ्नै कर्मचारीलाई पनि छानबिनको दायरमा ल्याइने भएकाले अख्तियारका कर्मचारी पनि शतप्रतिशत चोखा हुन नसक्ने बताउनुभयो।

भ्रष्टाचारविरुद्ध अन्तराष्ट्रिय दिवसको सन्दर्भमा  मंगलवार रिपोटर्स क्लबमा असल शासन क्लव महासंघ र प्रो पब्लिकले आयोजना गरेको नेपालमा भ्रष्टाचारको अवस्था र निर्मुलको उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सापकोटाले भ्रष्टाचार नियन्त्रणको विषयमा नेपाल सरकार र अख्तियार  संयुक्तरुपमा मिलेर विभिन्न कार्य गरीरहेको बताउदै जनताका सेवा सुविधालाई उत्तरदायि र प्रभावकारी बनाउनु पर्नेमा आफुहरु लागिपरेकोले पनि पछिल्लो चरणमा भ्रष्टाचार विरुद्धका गतिविधिहरु बढ्दै गएको बताउनुभयो ।
उहाले थप्नु भयो हामीलाई सही र सत्य सूचनाको अभाव छ– जसका कारण कसैको रिसवीको सिकार कोही नबनोस् । नेपालमा पछिल्लो मत सर्वेक्षण अनुसार भ्रष्टाचार बढेको आ“कडा आए पनि यसका विरुद्धमा गतिविधि नघटेको बताउदै सुशासनका पक्षपाती संगसंगै जाग्नु पर्ने  कुरामा जोड दिनु भयो ।

यसैगरी असल शासन क्लव महासंघका केन्द्रिय सचिव नारायण गिरीले वडा स्तर देखी सिंहदरवार सम्म सवै अनियमिता एकै निकायले निर्मुल पार्न नसक्ने भएकाले विभिन्न सरकारी र गैर सरकारी निकाय विच सहकार्य गरी असल शासन स्थापना गर्न एकजुट हुन पर्ने बताउनु भयो । विकास निर्माण र ठेक्कापट्टामा मात्रै भष्ट्राचार नभएर नियत नै भ्रष्ट भएकाले अन्य मुलुकको तुलनामा नेपालमा भ्रष्टाचार बढेको बताउनु भयो । नेपालमा भएका नियम कानुनलाई मात्रै पनि पुर्ण कडाईका साथ पालना गर्ने हो आधा भ्रष्टाचार घट्ने उहाले दाबि गर्नु भयो ।

‘‘अख्तियारले पक्रने अदालतले छाडेर भ्रष्टाचार नियन्त्रण हुदैन, दोषि छैन भने किन पक्रिन्छ रु पक्रि सकेपछि मुद्धाको किनारा नलाग्दै किन छाडिन्छ रु चलखेल गर्ने यो गंभिर रोग हो’’– उहाले प्रश्न गर्नुभयो ।

उक्त कार्यक्रममा असल शासन महासंघ उपाध्यक्ष  सविन शर्मालगायतले ९ डिसेम्वर वा २३ मंसिरलाई औपचारीकतामा मनाउने हैन यसलाई भ्रष्टाचारविरुद्धको आन्दोलनका रुपमा उठान गर्ने उपयुक्त अवसर भएकोले नेपालमा भ्रष्टाचार विरुद्धको अभियान कसैको ठेक्का नभएकोले यसका नाममा खेती गर्नेहरु पछिल्लो चरणमा असल शासनकर्मीहरु जागे पछि किनारा लागेको बताउनु भयो ।

जुनसुकै नागरिक वा संस्थाले भ्रष्टाचार विरुद्ध कुरा हैन काम गरेर देखाउनुपर्ने बेला आएकाले अवका दिनमा नक्कली र वास्तविक भ्रष्टाचारविरोधी पहिचान हुने बताउनुभयो ।

भ्रष्टाचार न्युनिकरण तथा यस विरुद्ध जनचेतना फैलाउन  संयुक्त राष्ट्रसंघको आवहनमा सन् २००५ देखी भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईन  थालिएको यो अभियान नेपालमा असल शासन क्लव महासंघ÷ प्रो पब्लिक लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाले मनाउदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१